असक्षम एसपी लिम्बुको कारण सिरहामा फितलो शान्ति सुरक्षा

  • भदौ १४, २०८०
  • ५६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदौ १४ । सिरहामा जिल्ला प्रहरीको असक्षमता उदाङ्गिएको छ । हालसम्म शान्ति सुरक्षामा पाउनुपर्ने अनुभूति सिरहाको जनताले पाउन सकेको छैन । बोर्डरमा तस्करी बढेको छ, गाउँगाउँबाट न्याय पाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दिएका केयौ पिडीतले हालसम्म न्याय पाउन सकेका छैनन् । सिरहाको नवराजपुरमा भदौ ११ गते दिउँसो करीब ३ बजे पोखरी विवादको क्रममा नवराजपुर गाउँपालिकाको ट्रयाक्टर तोडफोड गर्दै आगजनी गर्ने प्रयास गर्दा फोटो लिन खोजेका पत्रकार दिनेश्वर प्रसाद गुप्तामाथि १२—१५ जनाको समूहले उनीमाथी हमला गरी मोबाईल खोसेर भागेका थिए ।

घटनाको जानकारी दिँदै एसपी टेकु नन्द इबा लिम्बुलाई पटक पटक फोन गर्दा अपराधीलाई तत्काल नियन्त्रणमा नलिई " जाहेरी दिनुस् भन्दै दोषीलाई उम्कनका लागि वातावरण सिर्जना गरेका थिएँ । घटनाको अपराधीलाई पक्राउ गर्न असक्षम सिरहाका प्रहरीले अहिलेसम्म हमला गर्ने र मोवाइल खोस्नेको नाम ठेगाना सबै जानकारी हुँदाहुँदै पनि असक्षम प्रहरीले दोषीलाई नियन्त्रणमा लिन सकेको छैन । नवराजपुरमा भएको घटनाको दोषीलाई कानुनी कारवाहीको लागि भदौ १२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा पुगेर एसपी टेकुनन्द लिम्बुलाई नेपाल पत्रकार महासँघका अध्यक्ष सहितको टोलीले ध्यानाकर्षण सहित भेटघाट गरेका थिएँ ।

पत्रकारसँगको भेटघाटको क्रममा एसपी लिम्बुले " किटानी जाहेरी दिनुस् ,‘ हामी कारवाही गर्छौं " भनेका थिए । घटनामा सँगल्न अर्थात् पत्रकार गुप्तामाथि आक्रमण गर्ने चन्दनलाई पक्राउ गरेता पनि उनलाई राजनीतिक दवावमा सिरहाका एसपी टेकुनन्द लिम्बुकै निर्देशनमा रिहा गरेर घर पठाइएको छ । नियन्त्रणमा लिएका चन्दनलाई रिहा गरेर जिम्मेवार एसपीले सुरक्षा र स्वतन्त्रतामाथी प्रहार गरेर अपराधीलाई उन्मुक्ती दिएको छ । नेपाल पत्रकार महासँघ सिरहाले अपराधी संरक्षण गर्ने लिम्बुलाई कारवाही गर्न माग गरेको छ । नेपाल पत्रकार महासँघ सिरहा शाखाले दोषीलाई कानुनी कारवाहीको माग गर्दै भदौ १४ गतेदेखि चरणबद्ध आन्दोलनको तयारीमा जुटेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१