ताजा समाचार

उपचार गरिएको बाँसको उपयोगिता र बजार प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया

  • भदौ १२, २०८०
  • ८५८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शम्भु चौधरी लहान सिरहा १२ भदौ । सिरहाको लहानमा एक दिने उपचार गरिएको बाँसको उपयोगिता र बजार प्रवद्र्धन सम्बन्धि बहु सरोकारबालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दिनेश कुमार महतोको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख महतोले भने भवानी एकिकृत विकास केन्द्रको सम्पुर्ण कार्यक्रमहरु सराहनियपुर्ण नै हन्छ तर कार्यक्रमहरुको समन्वयन तथा अनुगमन जिल्ला स्तरबाट गराउन सुझाव दिए ।

सबै जनालाई बाँच्नको लागी सुरक्षित आवासको आवश्यकता हुन्छ मुल नारा र उपचार गरिएको बाँसको उपयोगिता,बजारीकरण,सुरक्षित आवासको निर्माण, स्थानिय श्रोत साधनको प्रयोग र बाँसको उत्पादन बृद्धि तथा संरक्षण सम्बर्धन गर्ने उद्धेश्यका साथ कार्यक्रम संचालन भएको थियो ।

ग्रिन बेम्बो काठमाडौका सहजकर्ताहरुले सहजीकरण गर्दै भने यो कार्यक्रम हाम्रो डारेक्ट सरकारसंग हुन्छ । हामी प्राविधि कु्रा र आवश्यक सामाग्री उपलब्ध गराउछौ सरकारबाट सुकुम्बासीहरुको लागी जग्गा र बिजुली बति उपलब्ध गराई दिनु पर्ने हुन्छ । अबको भविष्य बाँसलाई जोडेर काठमा परिणत भईरहेको छ अबको भविष्य नै बाँसमा रहेको देखिन्छ । बिश्वमा १५ सय प्रजातिका बाँस पाईन्छ भने नेपालमा ५४ प्रजातिको बाँस पाईछ । नेपालमा १० देखि १२ लाख सम्मको कारोबार बाँसबाट हुन्छ भने पुर्वबाट सबभन्दा बढी कारोबार भएको बताए । साथै उपचार गरिएको बाँसबाट बनेको घरको आयु ४० देखि ५० वर्ष सम्मको हुने समेत सहजकर्ता कृष्ण अर्यालले बताए ।

कार्यक्रममा कर्जन्हा र लहान नगरपालिकाका जनप्रतिनिधि, जिल्ला वन डिभिजन कार्यालयका वन अधिकृत गंगा प्रसाद यादव, उधोग वाणिज्य संघका महासचिव श्याम गुप्ता,सामुदायिक वन उपभोक्ता समितिका प्रतिनिधि , निर्माण व्यवसायी संघ लहानका अध्यक्ष रासलाल राय लगायत सरोकारबालाहरुको उपस्थित रहेको थियो ।

नेपाल सरकारको साझेदारीमा अहिले सम्म ७ वटा जिल्लामा यो कार्यक्रम संचालनमा छ । २०२४ को डिसेम्बर सम्ममा ५ सय घर निर्माण गरि सक्ने लक्ष्यका साथ संचालन रहेको कार्यक्रममा अहिले सम्म झापामा ३७,मोरंगमा ७४,सप्तरीमा ३४ घर निर्माण गरि सकेको र अझ निर्माणाधिन क्रममा रहेको ह्याविटयाट फर हयुमानिटिज नेपालका कार्यक्रम संयोजक रामसुन्दर यादवले बताए । भवनी एकिकृत विकास केन्द्र धनगढीमाई न पा २ भवानीपुरले सिरहाको कर्जन्हा र लहान नगरापलिकामा कार्यक्रम संचालन गरेको छ । दुईटै नगरपालिका गरी १ सय ५ वटा सुरक्षित आवास घर निर्माण हुने क्रममा रहेको केन्द्रका कार्यक्रम अधिकृत ज्ञानदिप चौधरी बताए ।

द हिल्टि फाउडेसन र ह्याविटयाट फर हयुमानिटिज नेपालको आर्थिक सहयोग र भवनी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाको आयोजनामा संचालित कार्यक्रममा उपस्थित सम्पुर्ण सरोकारबालाहरुलाई केन्द्रका परियोजना संयोजक अमन कुमार गुरमैताले स्वागत गरेका थिए । भवनी एकिकृत विकास केन्द्र भवानीपुर सिरहाका अध्यक्ष राजेश कुमार चौधरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤