ताजा समाचार

ट्राफिक प्रहरी प्रमुखमा डमर बहादुर पुरी

  • भदौ ७, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ ७ गते । ट्राफिक नियमको पालना गरे सवारी दुर्घटनामा न्यूनीकरण हुने लहानमा बुधबार आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्। जिल्ला ट्राफिक कर्यालय लहानमा ट्राफिक प्रहरी प्रमुखमा डमर बहादुर पुरी आएका हुन । सवारी दुर्घटना न्यूनीकरण गर्न सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले गरेको कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन । ट्राफिक प्रहरी प्रमुख डमर बहादुर पुरीले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढेको बताए । हुलाकी राजमार्गमा ट्राफिक जनचेतना अभावको कारण सबारी दुर्घटना बाढीरहेकोले हुलाकी मर्गमा ट्राफिकको डयुटिसङै क्यामरा जडान गर्ने,नियम मिच्नेलाई फाइन मात्र होइन कानुनी उपचार समेत गर्ने पुरिले बताए ।

उनले सवारी दुर्घटनाको अवस्था भयावह रहेको बताउँदै त्यसको न्यूनीकरणका लागि नियमको पालना गर्नसमेत आग्रह गरे । मधेशमा अव्यवस्थित सहरीकरण, सहरी क्षेत्रको बढ्दो जनघनत्व, अटोमोबाइल क्षेत्रमा भएको उन्नति, मानिसहरूको जीवनशैलीमा आएको परिवर्तन द्रुत गतिमा वृद्धि भइरहेको सवारी चापका कारण हाल ट्राफिक व्यवस्थापन र सडक दुर्घटना न्यूनिकरण हरेक नागरीकको दैनिक सरोकारको रूपमा विकसित भएको छ।

तर देशभरको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको र सवारी दुर्घटनाबाट राष्ट्रले वर्षेनी ठूलो धनजनको क्षति बेहोर्नु पर्ने अवस्था सबैलाई जानकारी रहेको विषय नै हो। दुर्घटना हुदा टाउमा चोट लाग्यो भने बाच्न काम संभावना हुन्छ । टाउकाे भन्दा तलको अङ भाचियो भने बच्ने संभावना हुन्छ त्यसैले हेलमेट अनिवार्य लगाउन लहानका ट्राफिक प्रमुखले आग्रह गरे ।  

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤