ताजा समाचार

सुस्तामा पुल निर्माणले सास्तीमा कमी आउने अवस्था

  • भदौ ४, २०८०
  • ६३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, भदाै ४। लुम्बिनी प्रदेशको पक्षिम्म नवलपरासीको नारायणी नदी स्थित सुस्तामा झोलुङ्गे पुल निर्माणले स्थानियको सास्तीमा कमी आउने पक्का देखिन्छ । २०७२ सालमा त्रिशूली जेभी आश्रय कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको सुस्तास्थित नारायणी नदीमा निर्माण भइरहेको झोलुङ्गे पुलको लम्बाई करिब १ हजार ५७१ मिटर रहेको छ । नेपालकै सबैभन्दा लामो १ किलोमिटर ५ सय ७१ मिटर लम्बाई र १ दशमलव ६ मिटर फराकीलो झोलुङ्गे पुल निर्माणका लागि त्रिशुली आश्रय जेभी कन्स्ट्रक्सनले करिब २८ करोडको लागतमा काम थालेको बुझिएको छ ।

जमिनभन्दा करिब १६ मिटर तलबाट उठाइएको १४ वटा खम्बा रहेको पुलको निर्माणले नारायणी नदीपारि भारतको विहार सीमासँग जोडिएको नेपाली भूमि सुस्ता पुग्न नेपालको एक मात्र बाटो जोखीमपूर्ण डुंगाको यात्रामा कमी हुनुको साथै घुमाउँरो बाटो, भारतीय भूमि हुँदै गण्डक ब्यारेजबाट नेपाल आउनुपर्ने बाध्यता हटेर जाने देखिन्छ । डुंगाको यात्रा जोखिमपूर्ण र समय लाग्ने भएकाले स्थानीय औषधि उपचार र दैनिक खाद्यान्न खरिदका लागि दैनिक भारत जानुपर्ने बाध्यता एकातिर रहेको देखिन्छ भने अर्कोतिर सीमावर्ती बजार आवत जावत गर्दा भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीलाई सास्ती दिँदै आएको अवस्था रहेको देखिन्छ ।

पुल निर्माण सम्पन्न भएपछि भारतीय अतिक्रमणको चपेटाको सास्ती खेप्दै आएका सुस्तावासीलाई राहत पुग्ने र आफ्नै देशसँग सिधा सम्पर्क स्थापितको अवस्था रहेको हुनाले दिलाई नगरी निरन्तर पूल निर्माणको कार्य अगाडि बढिरहनु जरुरी देखिएको छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤