र्यालीसहित सुजाता शाहको रिहाई अभियान

  • भदौ २, २०८०
  • ८३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt फोटो फेसबुकवाल बाट सभार गरिएको हो

विनोद मण्डल, भदौ २ । सिरहाको सदरमुकाम सिरहामा सुजाता शाहको रिहाईको लागि र्यालीसहित जुलुस प्रर्दशन गरिएको छ ।अनुचित लेनदेन (मिटर ब्याज)को नाममा झुठा मुद्दा गरी गिरीफदार गरिएकी भनिएकी सुजाता शाहलाई रिहाईको माग गर्दै पीडित लेनदेन संघर्ष समिति सिरहाले नारासहितको जुलुस प्रर्दशन गरेका हुन । विभिन्न पालिकाहरुबाट सदरमुकाम पुगेर जुलुशमा सहभागी सबैले हातमा प्ले कार्ड बोकेर नारा लगाउँदै जिल्ला अदालत सिराहा अगाडि, जिल्ला प्रहरी कार्यालय अगाडि र जिल्ला प्रशासन कार्यालय सिराहा अगाडि पुगेर नारासहित रिहाईको माग गरेका थिए ।

प्रहरी हिरासतमा रहेकी सिरहाको मिर्चैया नगरपालिका वाडा न ६ की ३५ वर्षीया सुजाता साहलाई मिटर ब्याजको आरोपमा मिर्चैया नगरपालिका वडा नं ५ की ममता देवी रायले दर्ता गराएको मुद्दामा साहलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको हो । उनलाई अनुचित लेनदेन कसुरको शिलशिलामा प्रहरी हिरासतमा मुलुकी फौजदारी कार्यबिधि (सहिता ऐन) २०७४ को दफा १३ को उपदफा २ बमोजिम प्रहरी हिरासतमा अनुसन्धानका लागि राखिएको बुझिएको छ । संघर्ष समितिका जिल्ला अध्यक्ष धनेश्वर यादवको नेतृत्वमा उल्लेखनीय संख्यामा रिहाईको लागि सदरमुकाम सिराहा पुगेका सबैले सुजाता साहको रिहाईको लागि प्रदर्शन गरेको संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१