ताजा समाचार

पशु चिकित्सालय शिलान्यास बलान बिहुलमा

  • भदौ २, २०८०
  • १०१४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २ भदौ सप्तरीको बलान बिहुल गाउँपालिकामा आज गा.पा. अध्यक्ष खेमचन्द्र यादव नेतृत्वको स्थानीय सरकारले पशु क्षेत्रलाई माथी उकास्न कृषि र किसानको हकमा पशु चिकित्सालयको शिलान्यास गरेको छ। २ करोड २६ लाखको लागतमा १ बर्षभित्र समपन्न हुने उक्त पशु अस्पतालबाट बलान बिहुल लगायत अन्य सिरहा तथा सप्तरीका कृषकहरु लाभान्वित हुने उद्देश्यले यो चिकित्सालय निर्माण गर्न लागेको गा.पा. अध्यक्ष यादवले बताएका छन। अध्यक्ष यादवको अनुसार हाम्रो पालिका किसानै किसानले भरिएको छ। पशु पालन बाट राम्रो आम्दानी आउने ठाँउ नै बन्द हुने स्थितिमा पुग्न लागेको छ। किसान पशु पाल्न छोडदै छ। दुध, माछा , माशुमा आत्मनिर्भर हुने हाम्रो ठाँउलाई ब्यबस्थित गर्न यी यस्ता धेरै काम हरु गर्दै युवाशक्तिलाई आफ्नै ठाँउमा रोजगारी सिर्जना गर्न लागेको बताएका छन। अध्यक्ष यादव यस बर्ष कृषि पशु क्षेत्र प्रति बढी गम्भीर रहेको बजेट भाषणमा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤