ताजा समाचार

शिक्षा क्षेत्रमा माफियाको ताण्डव तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रह

  • भदौ १, २०८०
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम,१ भदौ  । शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मधेश सरकारका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले आग्रह गरेका छ्न। प्रदेशभरका शिक्षकहरुले आज जनकपुरधामस्थित मधेश भवन पुगेर प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०७९’ परिमार्जन गर्नुपर्ने भन्दै मन्त्री यादवलाई ज्ञापनपत्र बुझाए । तीन घण्टा धर्नासमेत बसेका शिक्षकहरुलाई सम्बोधन गर्दै मन्त्री यादवले आन्दोलनमा आफ्नो साथ र समर्थन रहने बताए । उनले शिक्षा ऐन जनमुखी हुनुपर्ने बताए । ‘तपाईंहरु विश्वस्त हुनुस् ।

तपाईंहरुको धारणालाई समेटेर अगाडि बढ्छौं । तपाईंहरुले पनि आफ्नो भूमिका र दायित्व इमानदारीका साथ निर्वाह गर्नुहोला’, मन्त्री यादवले भने । शिक्षा क्षेत्रमा माफियाको ताण्डव रहेको भन्दै त्यसलाई तोड्न शिक्षकहरुसँग मन्त्री यादवले आग्रहसमेत गरे । प्रस्तावित विद्यालय शिक्षा ऐन विगतमा भएको ३०बुँदे र ५१ बुँदे सहमतिविपरीत आएको र त्यसमा २०७५ साल तथा त्यसपछि स्थायी भएका शिक्षकलाई पुरानै प्रणालीबाट पेन्सन दिनुपर्ने मागसमेत नसमेटिएकाले आफूहरु आन्दोलनमा उत्रिएको शिक्षकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤