Siraha Times
ताजा समाचार

उत्कृष्ट नतिजा ल्याएको भन्दै लाहान स्थित एलएमसी कलेजले गरे शुभकामना कार्यक्रम

  • साउन ३१, २०८०
  • १७८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा । लाहान नगरपालिका ७ स्थित एलएमसी कलेजले उत्कृष्ट नतिजा ल्याएको भन्दै शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कलेज प्रशासनले दिएको जानकारी अनुसार एलएमसी कलेजमा ८७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । कलेजका लेखा शाखा प्रमुख अमन यादवले यो लाहानमै उत्कृष्ट नतिजा हो भन्दै दावी गरे ।

राम्रो नतिजा ल्याएको भन्दै कलेजले कक्षा ११ र १२ का छात्र-छात्रालाई मिठाइ खुवाउदै आजका लागि पठनपाठन बन्द गरेका छन् । कलेज संयोजक बिरेन्द्र यादवले भने " यसपटकको नतिजाले हाल १२ मा पढ्ने छात्र-छात्राको मनोबल बढाएको छ । हामी ब्यवहारिक सिकाई माथि विश्वास गर्छौ । सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित गर्ने प्रयासमा छौं ।"

त्यसैगरी, प्रिन्सिपल मनोज कर्णले भने "हामी प्रतिस्पर्धात्मक एवं गुणात्मक शिक्षण शैलीमा विश्वास गर्छौ । यस पटकको नतिजालाई सकारात्मक लिएको छु । अर्को वर्ष यो भन्दापनी राम्रो कसरी गर्ने विषयमा हामी शिक्षक टिम संग विषेश छलफल गर्छौ ।" गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख बढी विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।

गत वर्षभन्दा यो वर्ष ३ प्रतिशतले नतिजामा सुधार आएको बोर्डले जनाएको छ। बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार यो वर्ष १ लाख ८२ हजार परीक्षार्थी ननग्रेडेड भएका छन्। बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए। लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ, त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१