विकासको चर्को भाषण गर्ने जनप्रतिनिधिको ग्रामिण सडकको दुर्दसा

  • साउन ३१, २०८०
  • ७१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ३१ । सिरहाको लहान नगरपालिका छिमेकी जिल्ला उदयपुरको गाईघाट नगरपालिका भन्दा पुरानो नगरपालिका हो ,तर लहानमा विकासले गति लिन सकेको छैन । तुलनात्मक हिसाबले मूल्यांकन गर्ने हो भने लाहानमा विकास ठप्प रहेको पाइन्छ । मेयर महेश प्रसाद चौधरीले भाषणमा जसरी प्रस्तुत भएपनि उनको ग्रामीण ईलाकाको सडकको बेहाल अवस्था रहेको पाइन्छ । लहानको समग्र विकासको जबाफदेही लिएता पनि भने जस्तो विकास भएको छैन । लहान बजार क्षेत्रमा सडक सामान्य वर्षाको समयमा हिलाम्मे भएको अवस्थाहरू एकातिर देख्न पाइन्छ भने अर्कोतिर ग्रामीण सडकको अवस्था कहाली लाग्दो छ । लहान न पा १८ शोभापुरको ग्रामीण बाटोको अबस्था बिग्रिए पनि वडा अध्यक्ष, मेयर र उपमेयर मौन बसेर दर्शक बनेको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१