ताजा समाचार

गुठ्ठिको जग्गामाथी डा.जामुन सिंहको नजर

  • साउन ३१, २०८०
  • ७९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जनकपुरधाम,३१ साउन।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको दशरथ मन्दिरको जग्गामा उत्तर पट्टिमा डा.जामुन प्रसाद सिंहले क्लिनिक संचालन गर्नको निमित्त अवैध किसिमले भौतिक संरचनाको निर्माण गरिएको स्थानीयबासीहले बताएका छन । बिगतमा यो जग्गा मठिहानी महन्थ भन्ने जगरनाथ दासको स्वामित्वमा रहेको थियो र अन्य जग्गाहरु पनि दासकै स्वामित्वमा भएको बेला अवैध किसिमले बेचबिखन समेत गरेको कुरा जसपाका युवा नेता मुन्जय राउतले जानकारी दिएका छन्।

यस्तै, अवैध किसिमले बेचबिखन गरेको कुरा बारम्बार खुलासा भैसके पश्चात् गुठ्ठि संस्थाले त्यो जग्गा आफ्नो अधिनमा लिइ मठिहानी महन्थ भन्ने जगरनाथ दासको महन्थाइ खारेज गरेको कुरा त्यहीका स्थानीय निर्माण व्यवसायी जय प्रकाश साहले खुलासा गरेका छन । जगरनाथ दासको महन्थाइ खारेज पश्चात निजले गैरकानुनी तवरमा र भुमाफियाहरुको मिलोमतोमा गुठ्ठिमा रहेको मन्दिरको जग्गा निजि भौतिक संरचना निर्माण गर्नको निमित्त बेचबिखन जस्तो अपराधिक कार्य गरेको स्थानियवासिहरुले आशंका गरेका छन ।

यस्ता अवैध तथा गैरकानुनि कार्य प्रती घोर निन्दा गर्दै यथाशिघ्र छानविनको दायरामा ल्याउन नेता राउतले सरोकार बालानिकाय तथा प्रशासनसंग माग गरेका छन । भौतिक संरचना के को आधारमा बनाइएका र को सङ अनुमति लिएर बनाइएको छ भन्ने विषयमा क्लिनिकका संचालकहरूलाइ समेत स्पष्टीकरण सोध्न सरोकारवाला निकायहरु समक्ष नेता राउतले आग्रह गरेका छन्। निज संचालकहरूलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन र निर्माणाधिन अवस्थामा रहेको संरचनालाइ तत्कालै रोक्नको निमित्त लिखित रुपमा जिल्ला प्रशासन कार्यलय धनुषालाई ज्ञापनपत्रसमेत बुझाइ ध्यानाकर्षण गराउने कुरा नेता राउतले बताएका छन्।

जिल्ला प्रशासन कार्यलयले यथाशिघ्र मागको सम्बोधन न गरेमा अदालतमा मुद्दा समेत दायर गर्ने कुरा युवा नेता मुन्जय राउतले बताएका छन्। याता,अवैध रुपमा निजि भौतिक संरचना निर्माण गराउन लागेका डा.जामुन सिंहलाई पटकपटक पटक फोन सम्पर्क गर्दा पनि उहाँ फोन सम्पर्कमा आउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤