ताजा समाचार

चक्कु प्रहार गरी हत्या गरेको खुलासा

  • साउन २९, २०८०
  • १४२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या भएको घटनालाई जिल्ला प्रहरी कार्यालय सिरहाले एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका–७ का २२ वर्षीय रविन सदा र मिर्चैया–५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका मिर्चैया–८ का ६० वर्षीय किशोरी राय कुर्मीको शव गत असार ११ गते बिहान गर्दनमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा अभियुक्तहरू कार्यालयभित्र रहेको ल्यापटप चोरी गर्न गएको र सुरक्षागार्ड मृतक रायले प्रतिकार गर्दा उनीमाथि चक्कु प्रहार गरी हत्या गरेको खुलेको सिरहा प्रहरीले जनाएको छ । दुबै अभियुक्तले हत्यामा आफूहरूको संलग्नता रहेको स्वीकारेका सिरहाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए । प्रहरीका अनुसार, दुबै अभियुक्त लागूऔषध सेवनकर्ता छन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤