ताजा समाचार

उपरास्ट्रपति यादवाद्वारा जिनिस अस्पतालको समुदघाटन

  • साउन २९, २०८०
  • ७६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहाटाइम्स  रामएकवाल राम- सप्तरीको सुरुङ्गा नगरपालिका -५ स्थित कुशहामा उपराष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यमा जिनिस अस्पताल प्रा.लि. को समुदघाटन गरेको छ ।महेन्द्र राजमार्गको किनारमा तेह्र काठ्ठा क्षेत्रफलमा तीस करोडको लगानिमा सुबिधा सम्पन्न अस्पताल निमार्ण भएको हो ।आइतबार अस्पताल समुदघाटन समारोहमा मधेश प्रदेशका भूमि ब्यवस्था तथा सहकारी मन्त्री गोविन्द बहादुर न्याैपाने ,सिरहा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, मधेश प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव , सप्तरीका जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, सरूङ्गा नगरपालिका नगर प्रमुख गिता चाैधरी , लहान न. पा. का उप मेयर रामचलितर महतो, बलान बिहुल गा. पा. अध्यक्ष खेम्चन्द्र यादब, रुपनि गा. पा. अध्यक्ष दिनेश कुमर यादब, कलाकार , तथा पत्रकारहरुको सहभागी रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपरास्ट्रपति यादवले मधेश प्रदेश अहिले रेफर सेन्टरको रुपमा स्थापित हुँदा यो अस्पताल निजि क्षेत्रबाट भएता पनि गरिब,निमुखा जनतालाई सहुलियत दरमा राम्रो उपचार गर्ने सेवाको सुनिश्चितता र समयमा सहि उपचार उपभोक्ताकाे गाेपनियता कायम साथ राख्दै नियमित परिक्षण कार्यलाई मध्य नजर गरि सेवा संचालन गर्नु जरुरी रहेको बताएको छ।निजी स्तरमा संचालन भएका अस्पतालबाट सप्तरी, सिरहा र उदयपुरका स्थानीयहरूले स्वास्थ्य उपचार गराई लांभावीत हुने बताएको छ ।विधिवत रुपमा सन्चाल गरेको कार्यक्रमलाई समाप्न गर्दै डा. यादवले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै एक महिना सम्म नि: शुल्क ओ. पि. डि सेवा , इमर्जेन्सी सेवा, नर्मल डिलेभरी सेवा , बेड भर्ना सेवा, दिशा र पिसाब जाच सेवाको साथै प्रेसर र सुगर जाच सेवा समेत नि: शुल्क रहेने अस्पतालमा जटिल रोगको पनि उपचार हुने बताए ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤