ताजा समाचार

नेपाल शिक्षक महासंघ बोदे बर्साईनले दिए नगरपालिका कार्यालयमा धर्ना

  • साउन २८, २०८०
  • ७७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

उमेश कुमार साह २८ श्रावण। नेपाल शिक्षक महासंघद्वारा आयोजित देशब्यापी धर्ना तथा बिरोध कार्यक्रम अन्तर्गत सप्तरीको बोदे बर्साईन नगरपालिकाका शिक्षकहरुले बोदे बर्साईन नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन । बोदे बर्साईन नगरपालिकाका नि. प्रसासकिय अधिकृत दिनेश ठाकुरलाई आफ्नो मागपत्र बुझाउदै नेपाल शिक्षक महासघ बोदे बर्साईनले शिक्षक सबै राष्ट्रका सेबक भएकाले राज्यले कुनै प्रकारको विभेद नगरिदिन आग्रह गरे । नेपाल शिक्षक संघ बोदे बर्साईनका नगर अध्यक्ष हेमकिशोर यादव , सघिय शिक्षक फोरम नगर अध्यक्ष धर्मदेव यादव , नेपाल एकीकृत शिक्षक संघका नगर अध्यक्ष कमल देव यादव , राहत शिक्षक नगर अध्यक्ष लोकेन्द्र प्रसाद यादव ,कर्मचारी परिषद नगर अध्यक्ष देव कुमार यादव र नेपाल शिक्षक संघ जिल्ला कार्य समिती सदस्य बिनय कुमार यादवको संयुक्तमा सामुदायिक बिद्यालयका शिक्षकहरुलाइ राज्यले समान व्यवहार गर्नुपर्ने बताए । शिक्षकले आफै एकजुट भयर पेसागत सुरक्षाको लागि लाग्नुपर्ने भनाइ राखे ।

शिक्षकको सेबासुबिधाको लागि राज्य जिम्मेवार हुनुपर्ने, शिक्षक राजनितिमा नलागेर आफ्नो क्षमता बढाएर एक भयर अघि बध्नुपर्ने, शिक्षक सेवा आयोगलाइ संबैधानिक बनाउनुपर्ने भनाइ राखे । भने नेपाल शिक्षक महासंघ मागप्रति यज्ञबधता जनाउदै हातेमालो गरेर आगाडी बढ्ने शिक्षक यादवको भनाइ थियो । अन्तरास्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खाल्को शिक्षा नीति निर्माण हुनुपर्ने बताईन् । धर्ना तथा बिरोध कार्यक्रममा बोदे बर्साईन नगरपालिका विभिन्न संघ तथा संगठनमा आवद्ध ६० जना शिक्षक सहभागी थिय । कार्यक्रम ने. शिक्षक महासंघ बोदे बर्साईन नगरपालिकाको आयोजनामा भएका थिए ।

महासंघले बिगतमा भयका महासघ र सरकारबिच भएका सम्झैता कार्यनयन गर्नुपर्ने, निवृत्त शिक्षक र सबै स्थायी शिक्षकको निवृत्तिभरण, उपदान र औषधोपचार खर्च संघीय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोहीअनुसार पारिश्रमिक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाई स्थायी दरबन्दीमा रुपान्तर गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤