ताजा समाचार

ठाडी नाकामा २४औं युवा दिवसको अवसरमा मानव साङ्लो र कोण सभा

  • साउन २७, २०८०
  • १०५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २७ साउन हिजो सिरहाको भगवानपुर गाउँपालिका ४ ठाडी नाकामा २४औं युवा दिवसको अवसरमा मानव साङ्लो र कोण सभा भव्यताका साथ सम्पन्न भएको छ। १दर्जन संघ संस्थाको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता गा.पा. अध्यक्ष उग्रनारायण यादवले गरेका थिए भने प्रमुख अतिथिको रुपमा जिल्ला समन्बय समिति सभापति दिनेश कुमार महतो रहेका थिए। अन्य विशिष्ट अतिथि र अतिथिहरुमा जिल्ला भरिका लगभग सरोकारवाला सबै सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहेका थिए। इन्सेक प्रतिनिधि एवम पत्रकार दुर्गा पजियार द्वारा संचालन भएको कार्यक्रम मानव साङ्लो सहितको -याली ठाडी प्रहरी चौकी देखि शुरु भइ भन्सार कार्यालयको प्राङ्गणमा गएर कोण सभामा परिणत भएका थिए।

प्रमुख अतिथिको रुपमा बोल्दै सभापति महतोले युवाहरु देश बिकाशका मेरुदण्ड हुन। समाज र राज्यका विभिन्न अङमा उनिहरुको उचित प्रतिनिधित्व हुन सकेमा मात्र युवाशक्ति समुन्नत र समृद्ध राष्ट्र निर्माणमा परिचालन हुन सक्छन। नेपालको जनसंख्याको ४०% भन्दा धेरै युवा रहेकोमा राजनितिमा उनिहरुको उपस्थिति अझै पनि पर्याप्त छैन। त्यसैले युवाहरुलाई अघि बढाई, उनिहरुको हरेक तह र तप्कामा समुचित प्रतिनिधित्व सुनिस्चित गर्न जरुरी रहेको बताएका थिए। कार्यक्रमलाई समापन गर्दै गा.पा.अध्यक्ष यादवले युवाहरू धेरै कुलतमा फसेका छन र यस नाकालाई प्रयोग गरि तिनटा जिल्लाका युवाहरू खुल्ला सिमानाका फाइदा उठाइ लागुऔषध सेवन गर्नुको साथै ओसारपोसारमा धेरै संग्लन रहेको बताएका थिए। उहाँ अगाडी थप्दै कुलतमा फसेका युवाहरूको जमात गाउँ गाउँमा बढदै गइरहेको छ। नाकामा प्रहरी जनशक्तिको अभाव छ। कुलतमा फसेका युवाहरू समुदायमा विभिन्न किसिमका हिंसक गतिविधि गर्दैछन समेत बताएका हुन।

अझ अगाडी थप्दै अध्यक्ष यादवले यसलाई नियन्त्रण गर्ने उद्देश्यले सबै संग समन्वय गरि यो कार्यक्रम यस नाकामा आयोजना गरी युवा बचाउ अभियानको शुरूवात भएको छ र यो अभियानमा सहभागी हुन यस नाका संग सरोकार राख्ने सबै स्थानीय सरकार संग आग्रह समेत गरेका हुन भने हरेक तह तपकामा युवाको पहुँच हुन जरुरी रहेको समेत बताएका थिए। वास्तवमा भन्नू पर्दा कुलतमा फसेका युवाशक्तीलाई बचाउन एक्का दुक्काले सक्दैन। यसका लागि गाउँ टोल बस्ती बाट हरेक ब्यक्ति उठन जरुरी देखिन्छ। हरेक स्थानिय तहमा प्रयाप्त रोजगारी सृजना गरि युवालाई काममा ब्यस्त गराउन जरुरी देखिन्छ। सबै संघ संस्थाले युवा बचाउ अभियान उग्ररुपले चलाउन जरुरी देखिन्छ। यस कार्यक्रम मार्फत केही जेहेन्दार बिद्यार्थी र होनहार युवाहरूलाई सम्मान समेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤