ताजा समाचार

सप्तरीमा मैनबत्ती बालेर प्रेस स्वतन्त्रता खोज्ने तयारी सहित संखनाध

  • साउन २४, २०८०
  • ७५५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन । नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत ज्ञानको अभाब देखिएकाे जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय कार्यालयको लेटर प्याडको प्रयोग गर्दै भनिएको छ " सेवा लिन आउने सेवाग्राही पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने सहायक प्रमुख जिल्ला अधिकारी केवन काश्यप अधिकारीको हस्ताक्षर भएको जारी सूचना माथि नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर आपत्ति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शाहीकालीन उर्दी झै जारी गरेको सूचना आफैमा खेद जनक एकातिर रहेको देखिन्छ भने अर्कोतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा पत्रकारमाथि आक्रमण हुनु , जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेसमा रोक लगाउनु कतिसम्म जायज हो ? प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको समय सूचना सच्याउनका लागि अल्टिमेटम दिएको थियो तर जिल्ला प्रशासन कार्यालयले अल्टिमेटमको सुनुवाई नगरेपछि सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघको ३ घण्टाको अल्टिमेटम सके तासै आन्दोलनको शंखनाद भएको छ । नेपाल पत्रकार महासंघ सप्तरीले भोलीदेखी चरणबद्ध आन्दोलनको लागि तयारी हुदै सप्तरीमा हराएको प्रेस स्वतन्त्रताको मैनबत्ती बालेर खोजीमा जुटेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤