सप्तरीमा मैनबत्ती बालेर प्रेस स्वतन्त्रता खोज्ने तयारी सहित संखनाध

  • साउन २४, २०८०
  • ५८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २४ । मधेश प्रदेशको सप्तरी जिल्लाको सिडियो शाहीकालीन क्रूर मानसिकता लिएर आगाडी बढिरहेका छन । नेपालको संविधानको भाग ३ को धारा १९ को उपधारा १ र उपधारा ३ को समेत ज्ञानको अभाब देखिएकाे जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय कार्यालयको लेटर प्याडको प्रयोग गर्दै भनिएको छ " सेवा लिन आउने सेवाग्राही पत्रकार सर्वसाधारणले बिना अनुमति कार्यालयको फोटो , भिडियो लगायतका सामाग्री प्रकाशन प्रसारण गरेको खण्डमा कानुनी कारवाही भैजाने सहायक प्रमुख जिल्ला अधिकारी केवन काश्यप अधिकारीको हस्ताक्षर भएको जारी सूचना माथि नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर आपत्ति रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले शाहीकालीन उर्दी झै जारी गरेको सूचना आफैमा खेद जनक एकातिर रहेको देखिन्छ भने अर्कोतिर जिल्ला प्रहरी कार्यालय सप्तरीको परिसरमा पत्रकारमाथि आक्रमण हुनु , जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेसमा रोक लगाउनु कतिसम्म जायज हो ? प्रशासनबाट असुरक्षित महसुस गर्दै आएका पत्रकारहरुको हकहितको निम्ति नेपाल पत्रकार महासंघ सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेकाे सूचनालाई २४ गते राति ८ बजेसम्मको समय सूचना सच्याउनका लागि अल्टिमेटम दिएको थियो तर जिल्ला प्रशासन कार्यालयले अल्टिमेटमको सुनुवाई नगरेपछि सप्तरी सिडिओको जङ्गे उर्दी फिर्ता लिन महासंघको ३ घण्टाको अल्टिमेटम सके तासै आन्दोलनको शंखनाद भएको छ । नेपाल पत्रकार महासंघ सप्तरीले भोलीदेखी चरणबद्ध आन्दोलनको लागि तयारी हुदै सप्तरीमा हराएको प्रेस स्वतन्त्रताको मैनबत्ती बालेर खोजीमा जुटेको वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

श्री ज. न. प्राविधिक ...

लहान, भदौ ६। सिरहा जिल्लाको नवराजपुर ४ गाउँपालिका सोनवर्षामा अवस्थित श्री जनता नमुना प्राविधिक ...

नाई–ठाकुर समुदायका ल ...

बिसुनदेव सरदार सिराहा/ ३ भदौ ।  मधेस समाजका विभिन्न वर्ग र समुदायबीच आफ्नो पहिचान, अधिकार र सम् ...

वीरगंजको इनर्वागाउँ ...

रंजित चौरसिया / वीरगंज ३ भदौ । मुलूककै आर्थिक नगरीको रुपमा परिचित वीरगंजको इनर्वागाउँ तस्करीको हब बन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१