ताजा समाचार

निर्लज्ज दृष्य, सामाजिक सञ्जालवाट

  • साउन २२, २०८०
  • ६९५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन २२ । मनसुनको समयमा बर्षा थामिएपछि तराई मधेशका अधिकांश भागमा खडेरीको महसुस गरिएकाे अवस्था रहेको देखिन्छ । तराई मधेसमा आकाशे पानी नपर्दा किसानहरु छट्पटाई रहेको अवस्था एकातिर रहेको छ , भने अर्कोतिर किसानले आफ्नो खेटबारीमा लगाएको बाली जन्य फसल पानीविना खेतमै सुक्न थालेपछि चिंतित किसानलाई धान बाली हुने या नहुने भने चिन्ता बढेको छ । खेतमा धान सुकिरहेको अवस्था रहेको देखिन्छ , आफूले लगाएको धानलाई जोगाउनका लागि जसोतसो किसानले मोटर , दमकलको सहारामा खेतमा पानी लगाउने गरेको अवस्था रहेको पाईन्छ । खरेडीकाे मार झेल्दै आएको किसानलाई राहत पुग्ने हिसाबले उनीहरूको घरमा भित्रिने धान खाल्डोमा राखेर पुर्ने काम कतिको जायज होला ? निकाय भन्छन् ,अवैध रूपमा भित्रिएको धान अरे ? उक्त धानलाई गरीब किसानको घरमा वितरण गर्नुको साटो नस्ट गर्नु कति उपयुक्त होला ? आफूलाई जनताको सेवक भनाउने सरकारको विवेकहिन दुतहरुले गरेको यस घृणित कामप्रति खवरदारी आजको आवश्यकता महसुस गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤