ताजा समाचार

गर्वती महिलालाई हर्लिक्स वितरण कार्यक्रम सम्पन्न

  • साउन १९, २०८०
  • ११८१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १९ । सिराहाको धनगढीमाई नगरपालिकाको वडा नं ३ कुर्वामा गर्वती महिलाहरुलाई एक दिने चेतना मूलक तालिमसँगै हर्लिक्स वितरण गरिएको छ । शक्ति महिला सामुदायिक संस्थाको आयोजना तथा हेल्पिङहर्टको बिशेष सहयोगमा कुर्वा स्थित मावि विद्यालयको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित करिब ४ दर्जन गर्वती महिलाहरुलाई आवस्यक चेतना मूलक तालीम प्रदान गर्दै सहभागी सवैलाई हर्लिक्स वितरण गरिएको छ । वाडा अध्यक्ष वीरेन्द्र शाहको प्रमूख आथित्यमा आयोजित कार्यक्रममा हेल्पिङ हर्टका मेराज खानलगाएत सस्थाका प्रतिनिधिहरु स्थानिय स्वास्थ्यकर्मीहरु, साजाजसेवी ,जनप्रतिनिधि , विभिन्न संघसंस्थाका प्रतिनिधिहरु ,स्थानिय समाजसेवी , ।राजनीतिकर्मी, बुद्धिजीवी, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न गरिएकाे हो ।

कार्यक्रममा शक्ति महिला सामुदायिक संस्थाकी अध्यक्ष खुश्बू ताजपुरियाले " गर्वती र प्रशव अवस्थाकी महिलाहरुले सरसफाई,आराम र खानपिनमा बिशेष ध्यान केन्द्रित गर्नु पर्ने बताउनु भएको थियो । सस्थाका मेराज खानले महिलाहरूको सहभागिता देखेर खुशी भएको धारणा राखेका थिए । वाडा अध्यक्ष शाहले स्वच्छ समाज निर्माणका लागि महिला अग्रसर हुनु पर्ने धारणा राख्दै सहभागी सवैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो । अनिता चौधरीको उद्घोषणमा संचालित कार्यक्रममा स्वागत मन्तब्य अमृता शाहले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤