ताजा समाचार

सयको सामानमा भन्सार निर्णय सुधार्न जसपा नेता पठानको माग

  • साउन १८, २०८०
  • ७७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , साउन १८ एक सय रुपैयाँ भन्दा बढीका मालसामानमा भन्सार शुल्क असुल्न थालेपछि तराईमा सर्वसाधारणकाे जनजीवन प्रभावित भएकाले नेपाल सरकारले निर्णय सुधार गर्न जसपा नेता पठानले माग गरेका छन । नेपाल सरकारले भारतबाट भित्रिने सय रुपैयाँ भन्दा बढीकाे मालसामानमा भन्सार महशुल असुल गर्न थालेपछि विभिन्न नाका हुँदै भारतीय बजारबाट किनमेल गरि जिउकाेपार्जन गर्ने तराईबासीलाई झनै कष्टकर भईरहेकाे जनता समाजबादी नेपाल लुम्बिनी प्रदेशका प्रवक्ता अकरम पठानले बताउनुभयो छ ।

नेता पठानले तराईका अधिकांश जनसंख्या नजिकका भारतीय बजारमा निर्भर छन सरकारले स्वदेशी उत्पादन बढाउन भन्दा नाका नै थुनछेक गरि भाेकै मार्ने घातक नीति लागू गरेपछि सर्वसाधारणलाई झनै कष्टकर भएकाे गुनासाे गर्नुभयाे । उनले नेपाल सरकारले कर असुल्नुपर्छ तर यसरी सर्वसाधारणकाे जनजिवन प्रभावित बनाउनु मानव संवेदनशीलतामाथि कडा प्रहार भईरहेकाे बताए । आयभन्दा बढी महंगाई रहेकाले भारतका सस्ता बजारमा नेपालीहरु निर्भर हुनु स्वभाविक रहेकाेले बरु सरकारले उत्पादन बढाएर परनिर्भरता घटाउने नीति ल्याउदा बेस हुने नेता पठानकाे भनाई छ ।

पेशाले व्यवासायीसमेत रहेकाे नेता पठानले जनअपेक्षा विपरितका नितिले नेपाल-भारत सिमामा आर्थिक, समाजिक र सांस्कृतिक अस्थिरता उत्पन्न हुने बताउनुभयो । सर्वसाधारणले नाकाभन्दा वैकल्पिक बाटाे राेज्ने चलन बढ्दै जाने र राजस्व असुलीसमेत प्रभावित हुने बताउछन । उनले सरकारले सय रुपैयाँ बराबरकाे मालसमानमा लाग्ने भन्सार महसुल उठाउनु भन्दा खुला बार्डरका कारण हुने चुहावटलाई नियन्त्रण गरे राजस्व असुली लक्ष्य पूरा हुने बताए । नेपाल सरकारले याे निर्णय खारेज गर्नुपर्ने नेता पठानले माग गरेका छन साथै उनले निर्णय फिर्ता नभए सशक्त आन्दोलनमा समेत जाने जानकारी दिनुभयाे । अहिले जिल्लाकाे कृष्णनगर र सुठाैली नाकामा सय रुपैयाँ बराबरकाे मालसमान भारतबाट ल्याउंदा भन्सार शुल्क उठाउन कडाई भईरहेकाे छ ।सभार कपिलवस्तु टाइम्स डटकम।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤