ताजा समाचार

लम्पी स्किन रोग बिरुद्ध भगवानपुर गाँ पा द्वारा अभियान संचालन

  • साउन १७, २०८०
  • १३०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुभाष यादव सरहान, १७ श्रावण सिरहाको भगवानपुर गाउँपालिकाले लम्पि स्किन रोग नियन्त्रणको लागि खोप अभियान संचालन गरेको छ । हिजो मंगलबार जनप्रतीनीधी र पशु डाक्टर सहितको टोलि द्वारा वडा नम्बर ४ ठाडी बाट उक्त अभियान संचालन गरिएको हो । अहिले देशको विभिन्न स्थानमा गाई, गोरु र भैँसीमा यो संक्रमण देखिन थालेपछि गाउँ पालिका अध्यक्षको बिशेष पहलमा खोप अभियानकै रुपमा सञ्चालन गरेको भगवानपुर गाउँपालिका पशु शाखा प्रमुख रामशुन्दर दासले जानकारी दिनुभएको हो ।पशु शाखा प्रमुख रामशुन्दर दास का अनुसार यो रोग क्याफ्री पक्स भाइरस द्वारा संक्रमण हुने यो रोग बाट गाई,गोरु,भैंसी लगायतका पशुहरुमा संक्रमण देखा परेको हो।उक्त रोग नियन्त्रण गर्न पशु चिकित्सक सहितको टोलि पालिका बासिको प्रत्येक घर घरमा गई उपचारको रुपमा भ्याक्सिन दिरहेको गाउँ पालिका अध्यक्ष उग्रनारायण यादवले जानकारी गराउनु भएको हो। लम्पी स्किन रोगका कारण मर्नेमा प्रायः गोरु, भर्खरै जन्मेका बाच्छाबाच्छी, पाडापाडी, गर्भवती र हालै ब्याएका गाईभैँसी हरु रहेका छन्।

No description available.

लम्पी स्किन कहाँकहाँ फैलिएको छ? पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा विसं २०७७ सालको साउन २२ गते पहिलो पटक लम्पी स्किन रोग पुष्टि भएको थियो। लम्पी स्किन रोग पहिलो पटक अफ्रिकी मुलुक जाम्बियामा सन् १९२९ मा देखिएको थियो। केही समयसम्म त्यो सब-सहारन अफ्रिकामा सीमित रह्यो भने बिस्तारै उत्तर अफ्रिका, मध्यपूर्व, युरोप र एशियासम्म फैलियो। राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार सन् २०१९ को जुलाईमा पहिलो पटक बाङ्ग्लादेश, चीन र भारतमा लम्पी स्किन देखिएको थियो।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤