सहजतापूर्वक नागरिकता प्रमाण पत्र प्रदान गर्दै उदयपुर

  • साउन १७, २०८०
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १७। प्रदेश नं १ को उदयपुर जिल्लामा जन्मको आधारमा नागरिकता प्रमाण पत्र लिएका बाबु आमाको सन्तानलाई नेपाल सरकारकाे नियम कानुन अनुसार सहजतापूर्वक नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रशासन कार्यालय उदयपुरले प्रदान गरिरहेको अवस्था रहेको देखिन्छ । नेपाल सरकारले खुलाएको जन्मको आधारकाे नागरिकता अन्तर्गत आवस्यक कानूनी प्रक्रिया अनुसार आजसम्म ११२ जनाले नेपाली नागरिकताकाे प्रमाण पत्र उदयपुर जिल्लामा पाएका छन । सहजतापूर्वक प्रदान गरिँदै आएको नागरिकता प्रमाण पत्रमा करिब ९ जनाले आमाको नामबाट समेत वंशज नागरिकता प्राप्त गरेका हुन । शुरुमा नागरीकता प्रमाणपत्रको लागि जिल्ला प्रशासन कार्यालयमा भीड देखिए पनि आजभोलि प्रदान गरिने नागरिकताको लागि खासै भीड नभएको उदयपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१