लागू औषध सहित एक पक्राऊ

  • साउन १५, २०८०
  • ८७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन १५ । लुम्बिनी प्रदेशको पछिम नवलपरासीमा लागु औषध सहित एक महिला पक्राऊ परेका छन । नवलपरासी (ब.सु.प.) जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. ६ पोखरापाली स्थित लागु औषध विक्री गरेको भन्ने प्राप्त सुचना बमोजिम तत्काल खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ०६ मा रामपती अग्रहरीको घरमा डेरा गरी बस्दै आएकी करिब ४० वर्षिया गंगोत्री बनियालाई नियन्त्रणमा लिइएको हो । बानियाँको कोठा खानतलासी गर्दा भान्सा कोठावाट कपडाले ढाकी राखेको बोराको झोलामा DIAZEPAM ,PHENERGAN ,BUPRENORPHINE गरी ४२३ एम्पुल ,NITRAVET ट्याव्लेट १३६ पिस, SPMPRX+ WOCKHARD लेखेको निलो क्याप्सुल १९० पिस औषधीजन्य लागु औषध फेला परेको बताईएको हो । भारी परिमाणको लागू औषध सहित नियन्त्रणमा लिइएको बानियाँको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपरासी (ब.सु.प.) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

गुगल एकेडेमीमा विविध ...

रंजित चौरसिया वीरगंज २९ पुस । वीरगंज महानगरपालिका वडा नं. २४ रामगढ़वा स्थित गूगल एकेडेमीले मंगलबार व ...

सिराहा: लक्ष्मीपुर प ...

विष्णुदेव सरदारसिराहा, पुस २९ गते । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा कार्यरत करार कर्मचारीहरूल ...

लहान नगरपालिकाको सत् ...

विष्णुदेव सरदार लहान, पुस २९ गते । सिराहाको लहान नगरपालिकाले १७ औँ नगरसभा “हाम्रो लहान–स ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१