ताजा समाचार

३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्र द्वारा वृक्षारोपण

  • साउन १५, २०८०
  • ६६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, साउन १५ नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज शाखा कार्यालयमा वृक्षारोपण गरिएको जानकारी गराइएको छ। विद्युत लाइन विस्तार गर्दा रुख विरुवा हरूमा छति मात्र गर्ने मात्र न भै वृक्षारोपण पनि विद्युत्त प्राधिकरणले वातावरण स्वच्छ र हराभरा राख्न समेत विशेष ध्यान दिने गर्छ भन्ने उदेश्यका साथ एकसय वटा विरूवा कम्पाउंड भित्र वृक्षारोपण गरिएको नेपाल विद्युत्त प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख शुसिल पौडेलले जानकारी दिनुभयो। वृक्षारोपण कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक लक्ष्मण ओली, अस्थायी प्रहरी पोष्ट लिङक गेटका वरिष्ठ प्रहरी नायब निरिक्षक धर्मराज भण्डारी, समाजसेवी, विद्युत्तका कर्मचारी लगायतको सहभागितामा वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤