ताजा समाचार

सडक भासिएपछि सवारी साधनहरु बाटोमै रोकिए

  • साउन १५, २०८०
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल साउन १५ । उदयपुर कटारी सडकखण्डमा सडक भासिएको छ । सिराहाको मिर्चैया देखि कटारी जाने सडक कटारी वाडा नंवर २ स्थित कुखुरे खोलामा लगाइएको पूलसहितको सडक सामान्य वर्षामा भासिए पछि सवारी साधनहरु बाटोमै रोकिएका छन । आवत जावतमा प्रत्यक्ष प्रभाब पर्ने गरी सडकको पछिम तर्फ पुलको माथिल्लो भाग भत्किए पछि सवारी साधनहरु रोकिएका छन । भासिएको सडकको स्थलगत अनुगमन कटारी नगरपालिकाका उपप्रमुखले गर्नु भएको छ । सामान्य कुराकानीमा तत्काल ट्राफिक प्रहरीलाई खवर गर्ने उप प्रमुखले बताउनु भएको छ भने इलाका प्रहरी कार्यालय बेलसोतमा सम्पर्ग गर्दा उक्त ठाउँमा स्काईभेटर पठाई सकिएको बताइएको छ । सडक भासिने क्रम जारी रहेकाे अवस्था रहेको हुनाले उक्त ठाउँमा उच्च सतर्कता अपनाउन जरुरी रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤