Siraha Times
ताजा समाचार

दुई पांङ्ग्रे सवारी चालक अनुमतिपत्रकाे लिखित परिक्षा परासीबाट सुरु

  • साउन १२, २०८०
  • ६६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/साउन १२ बषौको पहलपछि परासी क्षेत्रका सवारी चालकहरुकालाई सुनौलो अवसर थपिएको छ ।घरमा सवारी साधन हुने तर साथमा सवारी चालक अनुमति पत्र नहुने र अनुमति पत्रका लागि बुटवल धाउनु पर्ने वाध्यताको अन्त्य भएको छ । यातायात व्यवस्था सेवा कार्यालय, परासी नवलपरासीले शुक्रवार (आज) देखि दुईपाँङ्ग्रे (मोटरसाइकल र स्कूटर) सवारी चालक अनुमति पत्रको परीक्षा लिन शुरु गरेपछि परासी आसपासका नागरिकलाई निकै सहज हुने भएको हो ।

आज लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जयसवाल (नाथु) ले एक कार्यक्रमका बीच चालक अनुमति पत्रको परीक्षा शुभारम्भ गर्नु भएको छ । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य जयसवालले नवलपरासीका विभिन्न क्षेत्रमा आफू नेतृत्वमा हुँदा उठाएका विषय विस्तारै पुरा हुँदै गएको बताउनु भयो । प्रदेश सभा सदस्य जयसवालले आफु यातायात क्षेत्र र उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा जिल्लामा यातायातको चौतर्फि पहुँच विस्तार गर्ने र नवलपरासीलाई औद्योगिक करिडोर बनाउने सपना पुरा हुँदै गएको बताउनु भएको हो । पर्देश सभा सदस्य जयसवालले इच्छा शक्तिले नै विकासलाई डोर्याउने भन्दै समग्र विकासकालागि राष्ट्र प्रेम हुनु पर्नेमा जोड दिनुभयो । 

सो कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख संझना चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादव, नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरी शर्मा लगायतले बोल्दै सवारी अनुमति पत्र (लाइसेन्स) वितरणमा विचौलियाको अन्त्य हुनु पर्नेमा जोड दिनुभएको थियो । 

दुई पांङ्ग्रे सवारी चालक अनुमति पत्रको परीक्षाको शुभारम्भ ५० जनाको लिखित परिक्षाबाट शुरु भएको यातायात व्यवस्था सेवा कार्यालय, नवलपरासीका कार्यालय प्रमुख श्याम कुमार पौडेलले बताउनुभयो । उहाँका अनुसार अब आइतबारदेखि विहिवारसम्म सवारी चालक अनुमति पत्रको फारम अनलाइनबाट भर्ने साथै लिखित र ट्रायल प्रत्येक साताको शुक्रवार लिने व्यवस्था गरिएको छ । सो कार्यक्रमको संचालन कार्यालयका छैठौं तहका अधिकृत कृष्ण पौडेलले गर्नु भएकाे थियो ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१