ताजा समाचार

नारायणी नदी पारीको बस्ती सुस्ता

  • साउन ११, २०८०
  • ८०४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ११ । लुम्विनी प्रदेशको पश्चिम नवलपरासी जिल्लाको सुस्ता विवादित रहेको छ । साविक गाउँविकास समितिहरू कुडिया, त्रिवेणी, सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा मिलेर हाल सुस्ता गाउँपालिका बनाइएको हो । सुस्ताको पूर्वमा विनयी त्रिवेणी र बिहार , पक्षिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा बिनयी त्रिवेणी र दक्षिणमा भारत रहेको छ । सुस्ताको नारायणी नदीको पारी रहेको बस्तीमा सहतापूर्वक पुग्नका लागि बाटोघाटो छैन भने अर्कोतिर बिजुली, खानेपानी,स्वास्थ्य , टेलिफोन नेटवर्कको अभाब रहेको देखिन्छ ।

नारायणी नदीको जोखिम यात्राको लागि डुँगा (नाउँ) एक मात्र विकल्प रहेको यस ठाउँमा एक शस्त्र प्रहरी कार्यालय र नेपाल प्रहरी कार्यालय रहेको छ । शिक्षा स्वास्थ्य लगायतको अति आवश्यक वस्तुहरुबाट टाढा रहेको सुस्ता प्रति नेपाल सरकार मौन दर्शक बनेको छ । चुनावी अभियानमा आफूलाई नेता कहलाउनेहरुले सुस्ताको पीडाको बारेमा भाषणमा जे बोले पनि हालसम्म सुस्तामा कुनै पनि नेताले केहि गरेको देखिँदैन । हालसम्म सुस्ता पुग्नका लागी नारायणी नदीको यात्रा तय गर्नु पर्छ,जुन नदीमा पूल बनाउनका लागि काम थालिए पनि हालसम्म बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤