नारायणी नदी पारीको बस्ती सुस्ता

  • साउन ११, २०८०
  • ६६० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ११ । लुम्विनी प्रदेशको पश्चिम नवलपरासी जिल्लाको सुस्ता विवादित रहेको छ । साविक गाउँविकास समितिहरू कुडिया, त्रिवेणी, सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा मिलेर हाल सुस्ता गाउँपालिका बनाइएको हो । सुस्ताको पूर्वमा विनयी त्रिवेणी र बिहार , पक्षिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा बिनयी त्रिवेणी र दक्षिणमा भारत रहेको छ । सुस्ताको नारायणी नदीको पारी रहेको बस्तीमा सहतापूर्वक पुग्नका लागि बाटोघाटो छैन भने अर्कोतिर बिजुली, खानेपानी,स्वास्थ्य , टेलिफोन नेटवर्कको अभाब रहेको देखिन्छ ।

नारायणी नदीको जोखिम यात्राको लागि डुँगा (नाउँ) एक मात्र विकल्प रहेको यस ठाउँमा एक शस्त्र प्रहरी कार्यालय र नेपाल प्रहरी कार्यालय रहेको छ । शिक्षा स्वास्थ्य लगायतको अति आवश्यक वस्तुहरुबाट टाढा रहेको सुस्ता प्रति नेपाल सरकार मौन दर्शक बनेको छ । चुनावी अभियानमा आफूलाई नेता कहलाउनेहरुले सुस्ताको पीडाको बारेमा भाषणमा जे बोले पनि हालसम्म सुस्तामा कुनै पनि नेताले केहि गरेको देखिँदैन । हालसम्म सुस्ता पुग्नका लागी नारायणी नदीको यात्रा तय गर्नु पर्छ,जुन नदीमा पूल बनाउनका लागि काम थालिए पनि हालसम्म बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज र ...

वीरगंज ३० पुस। नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल वीरगञ्जबीच स्वास्थ्य सेवा ...

पारस अस्पतालद्वारा स ...

रहमुल,लहान ३० पुस। सिरहा जिल्लाको बरियारपट्टि गाउँ निवासी सत्यनारायण साफीको परिवारलाई पारस अस्पतालले ...

लहान–१० स्थित श्री ज ...

रहमुल लहान ३० पुस । सिरहाको लहान–१० स्थित श्री जनता माविमा लायन्स क्लबद्वारा स्वीटर वितरण कार् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१