ताजा समाचार

अन्धकारमा रुमलिएका बस्ती सुस्ता

  • साउन ११, २०८०
  • ७२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, साउन ११ । लुम्विनी प्रदेशको पश्चिम नवलपरासी जिल्लाको सुस्ता विवादित रहेको छ । साविक गाउँविकास समितिहरू कुडिया, त्रिवेणी, सुस्ता, रुपौलिया, नर्सही र पक्लिहवा मिलेर हाल सुस्ता गाउँपालिका बनाइएको हो । सुस्ताको पूर्वमा विनयी त्रिवेणी र बिहार , पक्षिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा बिनयी त्रिवेणी र दक्षिणमा भारत रहेको छ । नेपाल भारतको मूख्य विवाद "करिब ४० हजार ९८० हेक्टर जमिन मध्ये १४ हजार ५ सय हेक्टर जमिन भारतले कब्जा गरेको छ । बाँकी १९ हजार ४८० हेक्टर जमिनमा भारतले जोतभोग गर्न दिएको छैन । "

बिक्रम सम्बत २०२५ सालमा सुस्तामा पञ्चायत कार्यालय , स्कूल,हुलाक ,प्रहरी चौकी लगायतको प्रसासनीक कार्यकाे शुरुवात गरिएको थियो । सुस्तामा २०२९ सालमा नेपाल भारत सहमति पछि नापी गरिएको थियो । नापी बमोजिम ५५६ बिगाहा जमीनको लालपुर्जा वितरण गरीएको थियो । उक्त जग्गामा भारतले अतिक्रमण शुरु गरेपछि २०६२ सालदेखि पुन बिबाद शुरू भयो । सुगौली सन्धि अनुसार कायम गरिएकाे सीमा बमोजिम नारायणी नदीले आफ्नो बहाव परिवर्तन गर्दा सुस्ता बिबाद शुरू भएको हो । "सुरुमा चारकोसे झाडीको रुपमा रहेको सुस्ता भारतीय काठ तस्करहरुको अखडा बनेको थियो । साभार "

२०१२ सालमा रेन्जपोस्टबाट आएका पीताम्बरजंग राणा नेतृत्वको ५ जनाको टोलीलाई भारतीय तस्करहरुले हत्या गरेर उखुको पातले जलाएर हतियार लुटेर लगेपछि नेपाल सरकारको ध्यान सुस्ता तिर खिचिएको थियो । सुस्तामा भारतीय अतिक्रमण बढ्न थालेपछि तत्कालीन राजा महेन्द्रले २०२२ सालमा किशोर विक्रम गुरुङको नेतृत्वमा भारतीय भूपू सैनिकहरु लगाएत सीमा सुरक्षाका लागि ४ सय घर बस्ती सुस्तामा बसालेका थिए । सुगौली सन्धिअनुसार सुस्ताको ४० हजार ९ सय ८० हेक्टर नेपाली भूमि मध्ये अहिले साढे ७ हजार हेक्टर भूमिमात्र नेपालको अधीनमा रहेको छ ।

नेपाल सरकारले २०२७ सालमा सुस्ताका बासिन्दाहरूलाई जग्गाधनी लालपूर्जाको नापी सुरु गर्दा भारतीय पक्षले हस्तक्षेप गरी नापी टोलीमा लागि खटिएका कर्मचारीलाई नियन्त्रणमा लिएर भारत पुर्याएका थिए । सुस्ताको नारायणी नदीको पारी रहेको बस्तीमा सहतापूर्वक पुग्नका लागि बाटोघाटो छैन भने अर्कोतिर बिजुली, खानेपानी,स्वास्थ्य , टेलिफोन नेटवर्कको अभाब रहेको देखिन्छ । नारायणी नदीको जोखिम यात्राको लागि डुँगा (नाउँ) एक मात्र विकल्प रहेको यस ठाउँमा एक शस्त्र प्रहरी कार्यालय र नेपाल प्रहरी कार्यालय रहेको छ । शिक्षा स्वास्थ्य लगायतको अति आवश्यक वस्तुहरुबाट टाढा रहेको सुस्ता प्रति नेपाल सरकार मौन दर्शक बनेको छ । चुनावी अभियानमा आफूलाई नेता कहलाउनेहरुले सुस्ताको पीडाको बारेमा भाषणमा जे बोले पनि हालसम्म सुस्तामा कुनै पनि नेताले केहि गरेको देखिँदैन ।

 

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤