ताजा समाचार

सिरहाको कर्जन्हामा ससुराद्वारा बुहारिको हत्या

  • साउन ८, २०८०
  • १०५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओपि यादव लहान साउन ८ । सिरहा जिल्लाको करजनहा नगरपालिका वडा नं. ११ हटलेटबा गाउँमा आफ्नो बुहारीलाई हत्या गरेको खबर माइति पक्षले बताएको छ । गत साउन ४ गते राति एक दुई बजेको समयमा हटलेटबा गाउँमा आफ्नो बुहारी शान्तिदेवि यादव लाई निजका ससुरा,सासु र नन्द मिलि हत्या गरेको खबर माइति पक्षले बताएका छन । माईति पक्षका अनुसार छोरि शान्तिको विहे गर्दा चार लाख रु, दुई तोला सुन र पच्चीस तोला चादी र मोटरसाइकल दिएको थिए त्यस पछि जुन विहेमा केटा पक्षले खर्च गरेको ६० हजार थियो त्यसमा माईति पक्षले ३० हजार मात्रै देको थियो त्यसैको विवादमा बुहारी शान्तिदेवी यादव लाई आतनादिदै आएका थिए शान्तिका ससुरा , सासु र नन्दले शान्तिका श्रीमान हुदा शान्ति लाई केहि गरेका थिएन जब श्रीमान बैदेसिक रोजगारमा मलेशिया गयो त्यस पछि शान्तिदेवी यादव लाई ससुरा धनिक लाल यादव,सासु चंदनदेवी यादव र नन्द ले दुःख तकलीफ दिदै आएका थिए । 

धनुषाधाम नगरपालिका वडा नं. ४ लक्ष्मीपुर निवासी कुमार यादव र अशलानि यादवकी छोरि शान्तिदेवी यादव हुन शान्ति एक असल स्वभावका थिए लक्ष्मीपुरमा हुदा पनि शान्तिले कसै संग झैझगडा गरेका थिएन त्यसो त शान्तिको ससुराली तिरका छरछिमेकीले शान्ति एकदम राम्रो बुहारी हुन भने जानकारी दिएका थिए । शान्तिदेवीको घटना छानबीन गरी दोषी माथि कार्रवाई होस भन्ने हाम्रो मान्यता छन तराईका बिभिन्न जिल्ला र गाउँमा यस्ता घटना भैइरहेको खराब हामी सुन्दै आएका छौं जिल्ला प्रहरी कार्यालय मिर्चैयाले छिट्टो भन्दा छिट्टो यो घटनाका दोषी लाई कार्रवाई गरियोस् । समाचार सामाजिक सन्जाल बाट

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤