ताजा समाचार

डीआईजी र एसपीको नाम लिँदै तस्करसँग सेटिङ, ताप्लेजुङका घुमुवाको लहानमा डिल

  • साउन २, २०८०
  • ७९९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान । सिरहामा सीमा सुरक्षा र भन्सार छली तस्करी नियन्त्रणका लागि खटाइएका सशस्त्र प्रहरीका घुमुवाको तस्करहरूसँग मिलेमतो रहेको आरोप लागेको छ । मधेश प्रदेशका बाहिनीपति डीआईजी दीपेन्द्र शाहको समेत संरक्षणमा ७ नम्बर गण सिरहाका एसपी प्रमोद भारतीले सादा पोशाकका घुमुवालाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप लागेको हो । एसपी भारतीले ताप्लेजुङमा सरुवा भएका घुमुवा हवलदार रामप्रवेश यादवलाई तस्करहरूसँग सेटिङमा खटाएको आरोप छ ।

सशस्त्र प्रहरी बल मातहतका गण, गुल्म र बीओपीका इन्चार्जहरुले घुमुवा प्रहरी परिचालन गरी अनियमितता गरेको गुनासोपछि सादा पोशाकमा त्यस्तो जनशक्ति राख्न नपाउने नीतिगत निर्णय एक बर्षअघि गरिएको थियो । सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालले कार्यभार सम्हाले लगत्तै सादा पोशाकमा घुमुवा परिचालन गर्न नपाउने परिपत्र गरे पनि त्यो लागू हुन सकेको छैन । जसकारण ताप्लेजुङमा हवलदार यादवसँगै काम गर्ने सशस्त्रका सिपाही–हवलदार २४ घण्टा ड्युटी गरिरहँदा रामप्रवेश भने ढुक्कले सिरहामा तस्करहरूसँग होटेलमा डिल गरिरहेका छन् । आइतबार लहानको कान्छा होटेलमा कपडाको कारोबार गर्ने आजाद मियाँ र ओपेन्द्र साहसँग रामप्रवेश रामप्रवेश यादवले डीआईजी र एसपीलाई बुझाउने मासिक दररेट तय गरी तस्करीको लाइन चलाउनका लागि डिल गरेको स्रोतले बतायो ।

स्रोतका अनुसार सिरहाका भारतसँग सीमा जोडिएका माडर, बरियारपट्टि र बडहरीबाट मियाँ र साहलाई तस्करीको लाइन सञ्चालन गर्ने गरी मासिक तह अनुसार दररेट तय भएको छ । दुई व्यापारीबाट रामप्रवेशले मासिक ६ लाख ५० हजार दररेट तय भएको बताइएको छ । रामप्रवेश यादव लामो समय सिरहाका एसपीका घुमुवाको रुपमा अतिरिक्त असुलीको काम गरिसकेका र धेरै नै गुनासो आएपछि ताप्लेजुङमा सरुवा भएका थिए । तर ताप्लेजुङमा सरुवा भए पनि उनले सिरहामा तस्करीको सेटिङ गरिरहेका छन् । ताप्लेजुङमा उनी कमै जाने गरेका छन् ।

ताप्लेजुङमा भन्दा बढी उनी सिरहामै सेटिङमा तल्लीन हुने गरेको स्रोत बताउँछ । उनको दरबन्दी नै नभए पनि उनले सिरहामा तस्कर र बाहिनी–गणका हाकिमबीच सेटिङ मिलाउने क्रममा आइतबार कान्छा होटेलमा व्यापारीसँग डिल गरेका थिए । रौतहट घर र ताप्लेजुङमा जागिर भएका रामप्रवेशले लहानमा फ्ल्याट भाडामा लिएर ढुक्कले व्यापारीसँग डिल गरिरहेका छन् । तस्करको लागि काम गरेको बारेमा धेरै गुनासो आएपछि पहाडी जिल्ला ताप्लेजुङमा सरुवा गरे पनि रामप्रवेशले सिरहामा विगतमा घुमुवाको रुपमा जसरी सेटिङ गर्थे, त्यसै गरी गरिरहेका छन् । एसपी भारतीले रामकुमार खङ्गलाई पनि घुमुवा राखेका छन् ।

घुमुवा रामप्रवेशको सेटिङमा एसपी, डीआईजीसमेत मिलाएर सिरहाका तीनवटै नाकाबाट मियाँ र साहले लहान, मिर्चैयामात्र होइन कटारी र गाईघाटसम्म तस्करीको कपडाको आपूर्ति गर्दै आएको आरोप छ । सिरहाका एसपी भारती, बरियारपट्टिका इन्स्पेक्टर सुरज श्रेष्ठ र माडरका इन्चार्ज डीएसपी पवन खड्का (हाल तालिम) ले यी तस्करीको लाइन खुलारुपमा चलाउन दिएको आरोप लागेको छ । साभार : अनलाइन नेपाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤