Siraha Times
ताजा समाचार

प्याब्सन नगर समिति कृष्णनगर द्वारा SEE का विद्यार्थी सम्मानित

  • असार ३०, २०८०
  • ८४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

अजय मिश्र, कपिलवस्तु, अषाढ ३० प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख अतिथिमा कपिलवस्तु प्याबसनका जिल्ला बरिष्ठ उपाध्यक्ष धिरेन्द्र सिंह, विशिष्ट अतिथिमा समाजसेवी सुसिल श्रीवास्तव, अतिथिमा सुनिल सिंह, मोहम्द मुस्लिम, ज्योतिर मय श्रीवास्तव, आलोक ओझा, राजन मौर्या लगायत रहेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहल SEE उत्रिण विद्यार्थी हरूको उज्जवल भविष्यको कामना गर्दै, विद्यार्थी हरु देशका भबिस्य रहेको हुदाँ विद्यार्थीको रूचि, क्षमता अनुसार आगामी शैक्षिक यात्रामा अभिभावकको भूमिका महत्वपूर्ण रहने बताउदै कृष्णनगरको नाम उच्च राख्न समेत विद्यार्थी हरूमा अनुरोध गर्नुभयो। कार्यक्रममा विद्यार्थी हरूलाई खादा माला लगाई सम्मान गरि कोसेली समेत प्रदान गरिएको थियो। कार्यक्रममा कृष्णनगर क्षेत्रका पचास बढी विद्यार्थी लाई सम्मान गरिएको थियो। कार्यक्रममा विद्यार्थीका अभिभावक हरूको उपस्थित थियो।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१