ताजा समाचार

हिन्दू परिषद् नेपालका अध्यक्ष संतोष पटेल पदमुक्त

  • असार ३०, २०८०
  • ८१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज ३० असार । हिन्दू परिषद् नेपालका अध्यक्ष संतोष पटेललाई पदमुक्त गरिएको जनाईएको छ । परिषद्ले शुत्रवार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी अध्यक्ष पटेल राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्ष चयन हुनु भएकोमा उहाँलाई पदमुक्त गरिएको हो । पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष बिजय कुमार गुप्ताले संस्था भित्र कुनै छलफल वा जानकारी नै नगराई “नेपालको लागि नेपाली पार्टी”को राष्ट्रिय अध्यक्ष हुनु भएकोमा अध्यक्ष पटेललाई बिहिवार संस्थाको केन्द्रिय समितिको बसेको बैठकले पदमुक्त गरिएको बताए । पत्रकार सम्मेलनमा परिषद्का सचिव सुनिल कुमार गुप्ताले एउटा धार्मिक संस्थाको अध्यक्ष हुंदा हुदै राजनीतिक पार्टीको राष्ट्रिय अध्यक्ष हुन नमिल्ने कानुनी प्रावधान रहेको बताउदै राजनीतिक पार्टीको अध्यक्ष भए पछि हालसम्म यस परिषद्को अध्यक्ष पदबाट राजीनामा नदिनु र जानकारी दिई बोलाउदा पनि बैठक नबसाई, बैठकमा नआउनु जस्ता गैरजिम्मेवारीपूर्ण कार्य गरेको देखिएकोले असार २८ गतेकै मिति देखि यस परिषद्को केन्द्रिय अध्यक्ष पदबाट पटेललाई पदमुक्त गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी बिजय कुमार गुप्तालाई तोकिएको बताए ।

“शासन व्यवस्था जुनसुकै होस, नेपाल हिन्दू राष्ट्र कायम होस” भन्ने मुल उदेश्यका साथ स्थापना गरिएको यस हिन्दू परिषद् नेपालको २०७५ साल देखि प्रधान कार्यालय वीरगंजबाट सञ्चालनमा रहेको छ । बिगत ५ वर्ष देखि यस परिषद्को सम्पूर्ण कार्य समितिको सहयोग र समर्थनमा अध्यक्ष श्री संतोष पटेलको नेतृत्वमा देशको विभिन्न जिल्लाहरुमा शाखा कार्यालय विस्तार गराउन सफल हुनु भएकोमा उहाँलाई हार्दिक धन्यबाद सहित आभार प्रकट गरिएको पत्रकार सम्मेलन जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । परिषद्का कार्यवाहक अध्यक्ष बिजय कुमार गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष संजय कुमार सर्राफ, केन्द्रिय सदस्यहरु सचितानन्द दुबे, अजिता देवी, संतोष सर्राफ, उमेश गुप्ता, सुरेश गुप्ता, बाके बिहारी प्रसाद, अमोद केवट, चित्ररन्जन श्रीवास्तव, रामेश्वर प्रसाद गुप्ता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤