ताजा समाचार

शिवराज साझेदारीले अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने

  • असार २६, २०८०
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, अषाढ २६ कपिलवस्तुको शिवराज साझेदारी वन‌ व्यवस्थापन समितिका पदाधिकारी तथा पत्रकार हरूले शिवराज साझेदारी बन अनुगमन गरेका छन्। शिवराज साझेदारी बन व्यवस्थापन समिति कपिलवस्तुले आर्थिक वर्ष ०७९।८० मा १ लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । नागरिकहरूलाई वितरण गर्ने उद्देश्यले उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको शिवराज साझेदारी बन व्यवस्थापन समिति अध्यक्ष हरि पोख्रेलले बताउनुभयो । साझेदारीले प्रत्येक वर्ष बिरुवा उत्पादन गरि वृक्षारोपणको लागि सबै नागरिकहरूलाई निशुल्क वितरण गर्ने गरेको पोख्रेलले बताउनुभयो । मङ्गलवार साझेदारी बनका विभिन्न क्षेत्रहरूको अनुगमन गर्दै अतिक्रमण नियन्त्रण र नयाँ बिरुवा उत्पादनमा जोड दिने पोख्रेलले बताउनुभयो ।

साझेदारीले उत्पादन गरेका बिरुवा मध्ये टिक १ लाख २ हजार,सिमल ६ हजार, खयर ६ हजार ५सय मसला १५ हजार ७ सय बिरुवा रहेको सहायक बन अधिकृत प्रेम शङ्कर गुप्ताले बताउनुभयो । साझेदारी बनको क्षेत्रफल १५ सय ९ हेक्टर रहेको भए पनि ८ सय हेक्टर चुरे क्षेत्र भएकोले यस क्षेत्र कुनै पनि गतिविधि गर्न नपाउने बताउनुभयो । ६ सय ८८ हेक्टर बन क्षेत्रमा प्रभावकारी रूपमा काम भएको उहाँले बताउनुभयो । काम भएको क्षेत्रमा विभिन्न ब्लक निर्माण गरि काम गरिएको गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤