ताजा समाचार

आम जनतालाई सास्ती र सराेकारवालालाई मस्ती

  • असार २६, २०८०
  • १०४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव/नवलपरासी ,असार २६ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले ३० लाख भन्दा बढीको नेपाल विद्युत प्राधिकरणलाई बिल तिर्नुपर्ने बाकी रहेकाे छ । समान्य ब्यक्तिको ६१ दिन भित्र वा ५ देखि १० हजार रुपैया बक्यौता भएपछि नेपाल विद्युतका कर्मचारीहरु विद्युत काट दिने गरेका तर सरकारी कार्यालयहरुमा लाखौं रुपैया वर्षौं देखि बाकी रहेको छ तर विद्युतका कर्मचारीहरुले सरकारी कार्यालयको लाईन काटने हिम्मत छैन स्थानियहरुले भन्छन् । रामग्राम नगरपालिकाको कार्यालय र उक्त पालिका भित्र रहेका सडक बत्ती अमरबन सवास्थ्य चौकी समेत विद्युत खपत वापतको रकम नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने ३० लाख भन्दा बढी अहिले सम्म बाकी रहेको नेपाल विद्युत प्राधिकरण परासी उपबितरण केन्द्रका प्रमुख राम प्रमोद शाहले बताउनुभयाे ।

उहाँले भन्नुहुन्छ अमरवन स्वास्थ्य चौकी समेतलाई पटक पटक बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेता पनि अहिले सम्म रकम चुकता नगरेको ।रामग्राम नगरपालिका वडा नं १८ स्थित रहेको अमरवन स्वास्थ्य चौकीलाई पनि बक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको तर अहिले सम्म भुक्तान नगरेकाे प्रमुख शाहले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीको कार्यालयको लाईन काट्न सकिन्न विद्युत कार्यालयका प्रमुख शाहले भन्नुहुन्छ अमरवन स्वास्थ्य चौकीको लाईन यदि हामीले काटयो भने खोप लगाउने औषधीहरु नष्ट हुन्छ त्यही भएर लाईन काट्न सकेका छैनौं । जनप्रतिनिधि र सरकारी कार्यालयको तुलनामा मध्यम र गरीब वर्गका समुदायले विल अनुसारको रकम समयमा भुक्तानी गर्छन वितरण केन्द्रका प्रमुख शाहले भन्नुभयाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤