सामाचार लेखेको निहुँमा पत्रकार कुटिए

  • असार २६, २०८०
  • ६१० पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,२६ आषाढ़ , मधेश प्रदेश। दादागिरी शैलीमा पालिका हाक्दै आएका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको कर्तुत शैलीको बारेमा सामाचार बाहिरिन थालेपछि पत्रकार कुटिन थालेका छन । पालिकामा भएको अनियमितता र बेथिति विरुद्धकाे समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले एक पत्रकारलाई कुट्न लगाएका छन । आफ्ना भाई तथा गुण्डाहरु परिचालन गरि मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपीट गरेका छ्न । २४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहिता माथी आक्रमण गरेका हुन् ।

पत्रकारमाथि आक्रमण भईरहेको हेरेपछि स्थानीयहरुले प्रतिकार गर्दै लखेटेपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका थिए । प्रहरीले उल्टै आक्रमणकारीहरुलाई सहयोग गरेको पत्रकार रोहिताले बताएका छन। आक्रमण गर्नेहरुमा अधिकृत यादवका भाई स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरुलाई आफूले चिनेको पत्रकार रोहिताले बताए । आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरको धनुषा अस्पतालमा उपचार भईरहेको छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

नवराजपुरमा कक्षा १ द ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । शिक्षा क्षेत्रको सुदृढीकरण तथा बालबालिकालाई आफ्नै गाउँ समाज ...

सिरहामा ब्राह्मण–मण् ...

ओम प्रकाश यादव लहान ३१ बैशाख । सामाजिक सुधार अब भाषण वा नारामा मात्रै सीमित नरहने संकेत दिने एउ ...

टिपरको ठक्कर बाट किस ...

रहमुल लहान ३१ बैशाख । सिरहाको मिर्चैया नगरपालिका ७ मा विहान टिपरको ठक्कर बाट एक जना वृद्ध किसान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१