ताजा समाचार

सामाचार लेखेको निहुँमा पत्रकार कुटिए

  • असार २६, २०८०
  • ७९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल,२६ आषाढ़ , मधेश प्रदेश। दादागिरी शैलीमा पालिका हाक्दै आएका जनप्रतिनिधि र प्रशासकीय अधिकृतहरुको कर्तुत शैलीको बारेमा सामाचार बाहिरिन थालेपछि पत्रकार कुटिन थालेका छन । पालिकामा भएको अनियमितता र बेथिति विरुद्धकाे समाचार लेखेको निहुँमा धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंजित यादवले एक पत्रकारलाई कुट्न लगाएका छन । आफ्ना भाई तथा गुण्डाहरु परिचालन गरि मकालु खबरका मधेश प्रदेश ब्यूरो प्रमुख पत्रकार सिबेन्द्र रोहितालाई निर्घात कुटपीट गरेका छ्न । २४ घण्टा प्रहरी उपस्थित रहने जनकपुरको व्यस्त बजार भानु चोकमा बा १२ च ४२४३ नम्बरको स्कारपियो गाडी लिएर आएका उनीहरूले पत्रकार रोहिता माथी आक्रमण गरेका हुन् ।

पत्रकारमाथि आक्रमण भईरहेको हेरेपछि स्थानीयहरुले प्रतिकार गर्दै लखेटेपछि उनीहरूले स्कारपियो गाडी छाडेर भागेका थिए । प्रहरीले उल्टै आक्रमणकारीहरुलाई सहयोग गरेको पत्रकार रोहिताले बताएका छन। आक्रमण गर्नेहरुमा अधिकृत यादवका भाई स्वीटा भन्ने सुनिल अधिकारी, बिल्ला भन्ने सोनु कर्ण, मिठ्ठु लगायतका युवाहरुलाई आफूले चिनेको पत्रकार रोहिताले बताए । आक्रमणबाट घाइते पत्रकार रोहिताको जनकपुरको धनुषा अस्पतालमा उपचार भईरहेको छ । श्रोत सामाजिक सञ्जाल

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤