Siraha Times
ताजा समाचार

नगरका सामुदायिक बिद्यालयहरु पनि संस्थागत झै नतिजा ल्याउन पर्याे : नगर प्रमुख श्रेष्ठ

  • असार २४, २०८०
  • ८८५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार २४ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ४ मा रहेको न्यू लाइफ माध्यमिक विद्यालयले २०७९ को एसइइमा उत्तीर्ण विद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच सम्मान गरेको छ । एसइइमा सहभागी ६३ जना विद्यार्थीहरु उत्तीर्ण रहेकाले सम्पुर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले सस्थागत विद्यालयहरुको नतिजामा सामुदायिक विद्यालयलाई पुर्याउनु नगर लागी परेको बताउनुभयो । बर्दघाट नगर भित्र रहेका सस्थागत विद्यालयको नतिजा उत्कृष्ट रहेको बताउदै उहाले नगर भित्र रहेका सम्पुर्ण सामुदायिक बिद्यालयहरुकाे नतिजा सस्थागत विद्यालयको जस्तै राम्रो बनाउन नगर लागी परेको श्रेष्ठको भनाइ छ । नगर बिकासका लागी पनि शिक्षा क्षेत्रको बिकास हुन जरुरी रहेको बताउदै उहाँ भन्नुहुन्छ -“बर्दघाट नगर भित्रका सबै विद्यालयहरुको नतिजा राम्रो बनाउन हामी लागी परेका छौं ।”

कार्यक्रममा बोल्दै बर्दघाट नगर उपप्रमुख रुद्र प्रकाश उपाध्ययले विद्यार्थीले अहिले प्राप्त गरेको नतिजालाई कायम गरि यसलाई थप इट्टा थप्न सक्नु पर्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ -” न्यु लाइफको नतिजाले बर्दघाट नगरलाई देशमा नै चिनाउन सफल भएको छ ।” फोर जिपिए देश भरिमा ९७ जना, लुम्बिनी प्रदेशमा ५ जनाले मात्रै ल्याउदा न्यू लाइफ रहेको विद्यालयका प्रिन्सिपल सन्तोष अधिकारिले बताउनुभयो । उहाँ भन्नु हुन्छ-” न्यू लाइफ बिगत देखि नै ल्याएको उत्कृष्ट नतिजालाई यस बर्ष पनि कायम गर्न सफल भएका छौं ।

लुम्बिनी प्रदेशमा ५ वटा विद्यालयले मात्रै फोर जिपिए ल्याएको बताउदै उहाले १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची र नवलपरासी जिल्लाले फोर जिपिए ल्याएको अधिकारिले बताउनुभयो । त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक डि.बि. अधिकारीले विद्यार्थी,शिक्षक र अभिभावक सबैको साथ र सहयोगका कारण शैक्षिक क्षेत्रमा न्यू लाईफले छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभएको थियो ।

कार्यक्रममा नगर प्रवक्ता सन्त बहादुर गाहा,उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयकि छात्रा स्तुति पन्थ, ४ जिपिए ल्याउन सफल छात्र सोयम पाण्डे लगायतले बोल्नु भएको थियाे । न्यू लाइफ क्याम्पसका प्रमुख मोहन शरण पाण्डेले स्वागत मन्तव्य राख्नुभएको थियाे भने कार्यक्रम संचालन विद्यालयका सहायक प्रधानध्यापक दिनानाथ पौडेलले गर्नुभएको थियाे ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१