ताजा समाचार

कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न

  • असार १५, २०८०
  • ७८३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बारा १५ असार । बारा जिल्लाको सदरमुकाम कलैयालाई शिक्षाको हब बनाउने उदेश्यका साथ होस्टेमा हैसे गर्नका लागि बिहिवार कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न भएको छ । कलैया उपमहानगरपालिका वडा नं. ६ मदर्साटोलमा रहेको मेरिगोल्ड सेकेन्ड्रि स्कूलको भवनमै एक भव्य सहारोहका बीच कलैया उपमहानगरपालिकाका निवर्तमान मेयर राजेश राय यादवले रिबन काटेर उदघाटन गरेका हुन् ।

उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि निवर्तमान मेयर यादवले कलैयालाई शिक्षाको हब बनाउनका लागि निजि तथा सरकारी विद्यालयहरुलाई व्यवस्थापन गर्न अति आवश्यक रहेको बताए । नयाँ सञ्चालनमा आउन लागेको यस कलैया म्यानेजमेन्ट कलेज सञ्चालक टिमलाई हार्दिक बधाई दिदै उत्तरोतर प्रगतिको कामना गर्दै आफुबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसैगरी अन्य वक्ताहरुले बारा जिल्लाबाट एसईई दिएका प्रत्येक वर्ष करिब ६० प्रतिशत विद्यार्थीहरु बाहिर अध्ययनको लागि जाने भएकोले त्यसलाई रोक्न यो कलेज सफल होस भनि कामना गरेका थिए । खासगरी एसईई दिएपछि छात्राहरु बाहिर पढन नजाने, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको लागि यो कलेज उत्तम रहेकोमा जोड दिदै वक्ताहरुले शिक्षा नै विकासको जड हो, शिक्षा बिना व्यक्ति, समाज र राष्ट्रको विकास हुन नसक्ने बताएका थिए ।

छात्राहरुलाई व्यवस्थापन शंकाय प्रति बढी अभिरुची राख्ने हुँदा छात्राहरुलाई सुरक्षित, सहज वातावरण दिन सुझाव दिदै विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन समेत सुझाएका थिए । कलेज व्यवस्थापन समितिका नरेश प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा व्यवस्थापन समितिका दिनेश प्रसाद जैसवाल, कलेजका प्रधानाध्यापक उमेश प्रसाद यादव, प्रधानाध्यापक एवं शिक्षकहरु नथुनी यादव, तेजीलाल साह, बृजकिशोर महतो, निरज कर्ण, राधाकृष्ण लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए । शिक्षक सन्त ठाकुरले सहजीकरण गरेको कार्यक्रममा कलेजका शिक्षक, शिक्षिका लगायत बारा जिल्लाका विभिन्न सरकारी तथा प्राईभेट स्कूलका प्रधानाध्यापकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤