ताजा समाचार

परागन बोर्डिंग स्कूलको बसमा आगो लागेर नस्ट

  • असार ४, २०८०
  • २४५७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओपी यादव लहान असार ४। बिहान ७: ३० बजे लहानका परागन बोर्डिंग स्कूलको बसमा आगो लागेको छ । पूर्व(पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिका ३ स्थित रहेको बिद्यालयको विद्यार्थी लिन गएको बस  बा १ क २४४९ नम्बरको पारागन बोर्डिंग स्कूलको बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्यान जोगाए । स्कूल सञ्चालक उमेश चौधरीका अनुसार निर्माणाधीन राजमार्गको ठाउँ ठाउँमा डिभाइडर राखिएको छ । उक्त डिभाइडरमा बसको डिजल ड्यांकर ठोक्किदा आगो लागेको थियो । राजमार्ग निर्माणको ठेक्का लिएको चाइनिज कम्पनीको लापरबाहीले बसमा आगो लागेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤