ताजा समाचार

प्रादेशिक अस्पताल लहान सिराहाले स्त‍ोरोन्नती पाउँदै सिराहा अस्पताल डेढसय शैयामा परिणत

  • असार २, २०८०
  • ९८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २ असार । सिराहाको लहान नगरपालिका होस्पिटल चौकमा अवस्थित प्रादेशिक अस्पताल रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानले १०० बेडको स्त‍ोरोन्नती पाएका छन् । अस्पतालका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट ( मे. सु. ) सुनिल प्रसाद कुशवहाका अनुसार विपन्न , असहाय , बेवारिसेहरुले नि:शुल्क र छुटसहित उपचार गराउदै आएकोमा, अब अस्पताल प्रशासनले बिरामीको छिटोछरितो र सेवामुखी अस्पताल निर्माणमा लागि परेको बताए । यो सँगै प्रादेशिक अस्पताल सिराहाले समेत ०८०/ असार ०१ गतेबाट १५० शैया अर्थात् १५० बेडको अस्पताल हुन सफल भएका छन् । । प्रादेशिक अस्पताल सिराहाका मे. सु. डा. नागेन्द्र प्रसाद यादव र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र यादवको अथक प्रयासले सफलता पाएको छ ।

अब, सिरहामा यी दुई अस्पतालले विरामीहरुको हकमा सेवामुखी काम गर्ने छ । सिरहा अस्पताल वर्तमान समयमा पनि दिनहुँ कैयौं बिरामीहरुको शल्यक्रिया गरिदै आएको छ । यता, मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले आर्थिक वर्ष ०८०/८१ को बजेटमा प्रादेशिक अस्पताल बाराको कलैया अस्पताललाई १०० बेडको , एकसय शैयामा स्तोरोन्ती गर्ने घोषण गरेको छ । संघिय सरकार , प्रदेश सरकार शिक्षा, स्वास्थ्य, सडक, सिचाई प्राथमिकताका साथ बढेता पनि आम नागरिकको अनुभुति र अवस्था फेरिएको छैन । स्वास्थ्य जगतमा सरकारी अस्पतालका लागि सरकारले आजसम्म दिइएको बजेट त्यसै व्यर्थ हुने गरेको गुनासो छ। तसर्थ, अस्पतालकालाई थप व्यवस्थित गर्न व्यवस्थापक पक्ष, प्रशासनिक व्यक्तित्व, डाक्टरसहिकाले इमानदार, असलचोच भएर कामकाज गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤