ताजा समाचार

नेपाल अतिरिक्त हुलाक कर्मचारी एशाेसिएसन नवलपरासीले अतिरिक्त हुलाक खारिज बिरुद्ध बुझाएयाे ज्ञापनपत्र

  • असार १, २०८०
  • १०५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार ०१ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एशाेसिएसन नवलपरासीले जिल्ला प्रशासन कार्यालय मार्फत संचार मन्त्रालय र मन्त्री परिसदकाे कार्यालय तथा जिल्ला हुलाक कार्यालयलाई आज ज्ञापनपत्र बुझाएको छ । सरकारले आगामी आर्थिक वर्षकाे बजेट भाषणमा विना अध्ययन अन्यायपूर्ण तरिकाले अतिरिक्त हुलाकहरु खारिज गर्ने निर्णयकाे बिराेध स्वरुप एशाेसियसनले ज्ञापनपत्र बुझाएकाे हाे । गत जेठ १६ गतेबाट आफ्नो सम्पूर्ण सेवा बन्द गरि विरोध गरिरहेकाे र हालसम्म पनि सरकारले घाेषणा फिर्ता नलिएकाे प्रति असहमति जनाउदै थप आन्दोलनकाे कार्यक्रम घाेषणा गरेकाे छ ।

साथै जेठ २५ गते पाेखरामा बसेकाे केन्द्रीय कार्य समितिकाे बैठकले असार ४ गते अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सेवा बन्द गरि विराेध कार्यक्रमलाई निरन्तरता दिने,असार ५ गते देखि ९ गते सम्म ईलाका तथा जिल्ला हुलाक कार्यालयमा कालाे पट्टी बाधेर विराेध प्रदर्शन गर्ने र असार १० गते देखिनिरन्तर रुपमा माग पुरा नभए सम्म कामकाज ठप्प पारी तालाबन्दी गर्नुकाे साथै हुलाक सेवा विभागमा धर्नाका कार्यक्रमहरु गर्ने अतिरिक्त हुलाक एशाेसिएसन नवलपरासीका अध्यक्ष श्रवण कुमार चाैरसियाले जानकारी दिनुभयाे ।

यस्तै अतिरिक्त हुलाक कर्मचारी एशाेसिएसनले

१.अतिरिक्त हुलाक खारेजकाे निर्णय तत्काल फिर्ता गर ।

२.लामाे समय देखि कार्यरत कर्मचारीहरूको राेजगारी खाेस्न पईँदैन ।

३.हुलाककाे संरचना खारेज हैन यसकाे सेवा पुन:संरचना गर ।

४.राजिनामा दिई सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरूको सेवा अवधिकाे आधारमा सेवा सुविधाकाे सुनिश्चित गर लगायतका मागहरु राखेकाे अध्यक्ष चाैरसियाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤