ताजा समाचार

नवलपरासीको बाबा बर्दगाेरीया धाममा उत्खननका क्रममा भेटिए शिखर शैलीका भग्नावशेषहरू

  • असार १, २०८०
  • १५१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/असार १ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित श्री बाबा बर्दगाेरीया धाम विकाश संस्थामा शिखर शैली मन्दिरका भग्नावशेषहरू भेटिएका छन् । दुई हप्तादेखि पुरातात्विक विभागले साे क्षेत्रमा गरेको उत्खननका क्रममा त्यस्ता किसिमका भग्नावशेषहरू फेला परेकाे हाे । पुरातत्व विभागका पुरातत्वविद् भाष्कर ज्ञवाली नेतृत्वको चार सदस्यीय टोलीले मन्दिर क्षेत्रको तीन स्थानबाट उत्खनन् सुरु गर्दा शिखर शैली मन्दिरमा प्रयोग हुने वस्तुहरूका अंश (गजुरहरू, कार्नेसहरू, एसडीहरू, पिलर, बेस लगायतका सामान र संरचना ) हरू फेला परेको पुरातत्वविद् ज्ञवालीले बताउनुभयाे ।

शिखर शैली मन्दिरका भग्नावशेषसँगै त्यस क्षेत्रको उत्खननका क्रममा झण्डै १ मिटर लम्बाइ, २० सेमि चौडाइ र ५ सेमि मोटाई भएको इँटाबाट बनेको इनार र देवीका मूर्तिहरू फेला परेका छन् । मन्दिर क्षेत्रको सांस्कृतिक इतिहास केलाउँदा यहाँ पाइएका प्राचीन वस्तुहरू १५ देखि १६ औं शताब्दीका रहेको ज्ञवालीले बताउनुभयाे । शिखर शैली मन्दिरको भग्नावशेष अहिले यत्रतत्र फैलिएकोले अब यस क्षेत्रको भौतिक सर्वेक्षण (जियोफिजिक्स) गरी क्षेत्रफल यकिन गर्न तत्काल आवश्यक रहेको पुरातत्वविद् ज्ञवालीले बताउनुभयाे । १६ सेन्टिमिटर खनेपछि बाट नै शिखर शैली मन्दिरका भग्नावशेष भेटिन थालेपछि उत्खननकाे काम राेकिएकाे छ ।

टोलीले जियोफिजिक्स आवश्यक रहेको रायसहितको प्रतिवेदन विभागमा दिइने ज्ञवालीले बताउनुभयाे । पहिलो पटक यसवर्ष उत्खनन् सुरु गरिएकाले प्रतिवेदनका आधारमा अर्को वर्षदेखि पुनः उत्खनन् हुन सक्ने उहाँले भनाइ छ । यहाँ फेला परेका वस्तुअंशहरूलाई टोलीले मन्दिर व्यवस्थापन समितिको जिम्मा लगाएर जाने छ । स्थानीयले देवीका मूर्तिहरू पाउनुअघि मन्दिर क्षेत्र नजिक रहेको भलुही खोला किनारमा २०५२ सालमा प्राचीन ताम्रपत्र भेटिएको थियो । त्यस ताम्रपत्रलाई पुरातात्विक विभाग पठाइएको थियो । १२ बुँद्दाको अक्षराकांश पद्दतिमा रहेको उक्त ताम्रपत्रमा उल्लेख भएका तत्कालीन राजा त्यस समयमा भएको अभिलेख नपाइएकाले त्यो पुष्टि हुन नसकेको र अनुसन्धान भइरहेको पुरातत्वविद्ध ज्ञवालीले बताउनुभयाे ।

मन्दिर नजिकै रहेको अमर पोखरीको जलले नुहाएमा चर्म रोग निको हुने विश्वासले पनि यस क्षेत्रको महत्व थप रहेको पाण्डेले भनाइ छ । यस श्री बाबा बर्दगाेरीया धाम विकाश संस्थामा विशेषगरी तीज र शिवरात्रिमा ठूलाे मेला लाग्ने गर्छ जहाँ नेपालका विभिन्न ठाउँदेखि मात्र नभई भारतसम्मका तीर्थालुहरू यस मन्दिरमा दर्शनका लागि आउने गर्दछन् । ताम्रपत्र पाएपछि स्थानीयले चासो दिएर खोजी गर्न थालेपछि त्यहाँ देवीका विभिन्न मूर्तिहरू फेला पर्न थालेका हुन् । किंवदन्ती अनुसार त्यस क्षेत्रमा विजय नाम गरेका राजा बस्ने र उनले सयौं गाईहरू पाल्ने गरेको उल्लेख छ । त्यस क्षेत्रमा निर्माण गरिएको मन्दिरमा बसाहा (साँढे) रहेको थियो । पछि त्यसलाई शिवधामका रूपमा विस्तार गरिएको किंवदन्तीमा उल्लेख भएको बाबा बर्दगोरिया धाम संरक्षण समितिका अध्यक्ष नरपति पाण्डेले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤