ताजा समाचार

सिरहामा लघुबित आन्दोलनकारीद्वारा आधा दर्जन लघुबितमा तोडफोड

  • जेठ ३२, २०८०
  • ८७१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३२ जेठ - सिरहामा लघुबित विरुद्धको आन्दोलनकारीको डरले सिरहा सप्तरी लगायत मधेस प्रदेशका लघुबित संस्थाका कर्मचारीहरुले कार्यालय बन्द गरेर कर्मचारीहरु लुकिछिपी बस्ने गरेका छन। बिगत १७ महिना अगाडी देखि मणिराम ज्ञवालीको नेतृत्व सुरु भएको आन्दोलन देशै भरी उतकर्समा पुगेका छन्। लघुबित विरुद्धको संघर्ष समितिले देश भरी छरीएर रहेको लघुबित बितिय संस्थाहरुमा पीडित महिलाहरुको समुहले तोडफोड र तालाबन्दी गर्दै आएका छन्। यता मधेस प्रदेशका संयोजक युवराज रसाइलीको नेतृत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा निरन्तर आन्दोलन जारी रहेका छन्।आन्दोलनलाई बिथोल्न केही कार्क तत्वहरुले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको फर्जी हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गर्दै गाउँगाउँमा झुठा प्रचार गरी आन्दोलनलाई बिथोल्न सर्यन्त्र गरेका छन्।

बुधबार संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा लहान नगरपालिका वडा नम्बर ११ पडरीया चौकबाट सुरु गरेको आन्दोलन भोटीयाटोल हुँदै लक्ष्मीपुर पतारी गाउँपालिका सितापुर बजार सम्म पुगेका थिए।नव सामन्तीको रूपमा स्थापित लघुबित संस्था खारेज गर,सामुहिक ऋण मिनाहा गर,आम गरीब किसानहरुलाई नि:शुल्क ऋणप्रदान गर,आवश्यकता र दक्षताको अधारमा काम र दामको ब्यवस्था गर,समाजवादी अर्थ तन्त्रको बिकास गर, लगायतका नारा लगाउदै पर्दशन गरेका छन्।

लहान ११ पडरीया चौकमा संचालनमा रहेको बिजय लघुबित र भोटीयाटोलमा रहेको NMB ,स्वस्तिक र सितापुर बजारमा संचालनमा रहेको मेरो माईक्रो फाईनान्स र अभियान लघुबित र जीवन बिकास लघुबित संस्थामा कार्यालयको बाईनर तोडफोड गरी तालाबन्दी गरेका छन्।लघुबित कर्मचारीहरुले कार्यालय बन्द गरी लुकिछिपी बस्ने गरेका छन्।

माग पुरा नभए २९ र ३० गते नेपाल बन्दको अहवान गरेका छन्। संघर्ष समितिका पीडित महिला र पुरुषले सहिद बन्न तयार रहेको नेपाल सरकारलाई चेतावनी दिएका छन्। अगामी दिनमा प्रत्येक स्थानीय तहको कार्यालय घेराउ र तालाबन्दी गर्ने जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले कोण सभाको सम्बोधन गर्दै यस्तो बताएका थिए।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤