ताजा समाचार

आम सुझावका लागि सुचना

  • जेठ ३१, २०८०
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्बाददाता जेठ ३१ । सिरहाको धनगढीमाई नगरपालिकाले सूचनामा पारदर्शिता कायम गर्दै आगाडी बढिरहेको छ । एक सूचना सार्वजनिक गर्दै आ.ब.२०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रमका लागि सुझावको सार्वजनिक रूपमा उपलब्ध गराउने सूचना जारी गरेको छ । धनगढीमाई नगरपालिकाद्वारा जारी गरिएको सूचनामा भनिएको छ, " आगामी आ.ब.२०८०।०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भैसकेको हुँदा यस नगरपालिका अन्तर्गतका विभिन्न वडा स्तरमा सञ्चालन हुने आयोजना तथा कार्यक्रमहरु मार्फत समावेश गर्नु पर्ने विषयका महत्वपूर्ण सुझावहरु धनगढीमाई नगर कार्यपालिकाको कार्यालय, सम्बन्धित वडा कार्यालय लगाएत सबैले इमेल ठेगाना, फेसबुक पेज, फोन नं. मार्फत मिति २०८०।०३।०५ गते भित्र " उपलब्ध गराई दिनुहुन सार्वजनिक सुचना निकालेको छ । साथै यस नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, आन्तरिक तथा विषयगत शाखाहरु, संघ संस्थाहरु, राजनैतिक दल, विज्ञ, बुद्धिजिबी, व्यवसायी, पेशाकर्मी, कर्मचारी, संचार जगत, आम धनगढीमाई नगरबासी तथा सरोकारबाला सबैलाई सार्वजनिक रूपमा सल्लाह सुझावका लागि सार्वजनिक सूचना जारी गरेको छ । मेयर शिवशंकर महतो आएपछि नगरमा यसरी सार्वजनिक सूचना मार्फत आम जनभावनाको कदर हुन थालेको आम बुझाई रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤