ताजा समाचार

वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति पुन: गठन

  • जेठ ३१, २०८०
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेश चन्द्र बरबरिया सिरहा जेठ ३१ गते । वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठन तथा अभिमुखीकरण कार्यक्रममा सम्पन्न भएको छ । मंगलबार सिरहा नगरपालिकाको वडा न.१७ खैरटोकाको वडा कार्यालयमा भएको एक कार्यक्रममा वडा अध्यक्ष उमेश प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा १५ सदस्य समिति गठन गरेको हो ।

सबल नेपालको आयोजना भएको उक्त कार्यक्रममा वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (WWASH CC) पुन: गठनमा वडा अध्यक्ष उमेश प्रसाद यादव संयोजकत्वमा १४ जना सदस्य रहेका छन । सदस्यहरुमा उमेश चन्द्र बरबरिया, संजिव यादव, संगिता पासवान, दौलेत देवी यादव , प्रदिप झा, तेतरी देवी महरा , दुर्गा यादव ,धनिराम सिंह, रंजिता यादव , जगदेव यादव, हरिनारायण यादव ,कामेश्वर यादव रहेका छन । कार्यक्रम संचालक लक्ष्मण पासवानले पुर्ण सरसफाईका सुचकहरू मध्ये यी सात वटा विषयहरुमा सहभागीहरु बिच प्रकाश पारेका थिए । योजना तर्जुमा तथा व्यवस्थापन ,चर्पीको समुचित प्रयोग र व्यबस्थापन, व्यक्तिगत सरसफाई, सुरक्षित खानेपानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाई र वातावरणीय सरसफाई बारे जानकारी दिए । कार्यक्रममा सबल नेपालका वास मेन्टर पूजा यादव र आलोक मण्डल लागयत विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤