Siraha Times
ताजा समाचार

लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहा सप्तरीको प्रशिक्षण भेला सम्पन्न

  • जेठ ३०, २०८०
  • ८८४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान ३० जेठ - अगाडि रणनीतिको लागी लघुबित विरुद्धको संघर्ष समितिद्वारा सिरहाको लहानमा सिरहा सप्तरीको बृहत प्रशिक्षण भेला सम्पन्न भएको छ।सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा संघर्ष समितिका केन्द्रिय उपाध्यक्ष बिष्णु माया बुद्धाथोकी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो। अगामी रणनीतिको लागी बृहत कार्यक्रम गरेका हुन्। कार्यक्रममा सिरहा सप्तरीको उल्लेखनीय लघुबित पीडित महिलाहरुको उपस्थिति रहेको आयोजकले जनाए।आन्दोलन आअलाई अझै उत्कर्शमा ल्याउने बृहत छलफल गरेका हुन्। कार्यक्रममा बिगत लामो समय देखि गर्दै आएका आन्दोलन स्वरुप परिवर्तन गर्न आन्दोलनलाई सडक आगो समेत बालन सक्ने गरेका हुन्।

देशमा बढदै गरेको गरेको अन्याय अत्याचार विरुद्धको आन्दोलनमा नेपाली नागरिकको हैसियतले अवाज उठाउनु पर्ने मानवको दायित्व रहेको छन। लघुबितको ज्यादतीको विरुद्धमा अवाज उठाउदै आएका सिरहाका लघुबित पीडित महिलाहरुले सडक सम्म आई पुगेका हुन्। कार्यक्रममा केन्द्रिय उपाध्यक्ष बुद्धाथोकीका अनुसार हामी तेतिकै आन्दोलनमा आएका छैनन। करोडौं महिलाहरु लघुबितबाट पीडित हुने भएका छन्।माग पुरा नभएको देशमा ठुलो बिद्रोह र सडकमा आगो बालन पछाडि नहटने बिष्णु माया बुद्धाथोकीले बताए।

कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सल्लाहकार मोहम्मद हुलजार मियाँ,मधेस प्रदेश संयोजक युवराज रसाइली, मोहोतरी अध्यक्ष सिलम यादव,सप्तरी उपाध्यक्ष उमेश भगत बिनोद चौधरी,सुलोचना चौधरी अन्जु चौधरी,ललिता कामैत रुपा चौधरी शान्ति चौधरी नितेश चौधरी सरिता चौधरी लगायतका संघर्ष समितिका पदाअधिकारी लगायत करिब ५ सय भन्दा बढी महिलाहरुको उल्लेखनीय सहभागीता रहेको आयोजकले जनाए।

Open photo

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१