ताजा समाचार

सिरहामा चुरे दोहन जारी निकाय मौन

  • जेठ २७, २०८०
  • ९३३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल जेठ २७ । सिरहाको उत्तरी भेगका नदीहरूमा गिट्टी, बालुवा, माटो,ग्रावेल लगायतका वस्तुहरूको उत्खनन जारी रहेको देखिन्छ । स्थानीय सरकारको मिलेमतोमा स्थानीय नदीहरूमा यतिबेला उत्खनन जारी रहेको अवस्थामा स्थानीय सरकारको मौनताले सीमा नाघेको अवस्था रहेको देखिन्छ । जैबिक बिबिधताले अत्यन्तै महत्वपूर्ण मानिएको चुरे क्षेत्रमा अत्यधिक दोहनका कारण बर्षौदेखि लगातार पहिरो जान थालेपछि चुरे पहाड नै सखाप हुने खतरा बढ्दै गएकोे छ । चुरे दोहन गर्दै जाँदा महाभारत पर्वत बग्ने अवस्था नेपालमा सिर्जना भइरहेको अवस्था समेत रहेको देखिन्छ ।

चुरे, भावर, शिवालिक र नदी प्रणाली बाहेकका खानी तथा भूगर्भ विभागले पहिचान गरेका र वातावरणीय अध्ययनका आधारमा उपयुक्त क्षेत्रमा खानी उत्खनन गर्ने नीति रहेको जनाईएको छ। चुरे, भावर, तराई–मधेश क्षेत्रको संरक्षणका लागि राष्ट्रिय गौरवको आयोजनाका रुपमा स्वीकृत राष्ट्रपति चुरे–तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना कार्यान्वयन भइरहेको र दोहन रोक्नका लागि मन्त्रालय गम्भीर रहेको भनिरहँदा पनि दोहन रोकिएको छैन । चुरे दोहन तथा विनाश हुने गरी ढुङ्गा, गिट्टी, बालुवा निकासी नगर्ने मन्त्रालयले स्पष्ट गरेको छ।

चुरे तथा वातावरण संरक्षणप्रति सरोकार पक्ष, संरक्षणकर्मी, नागरिक समाज, अभियानकर्मीbलगाएत विभिन्न तह र क्षेत्रबाट व्यक्त भएको चासो र चिन्ताका विषयमा मन्त्रालयले उचित ध्यान दिएको छैन । सिरहाको बलान नदी, खुट्टी खोला, सरे खोला , गागन लगायतका स्थानीय नदीहरूमा यतिबेला उत्खनन जारी रहेको अवस्थामा जिल्ला समवन्य(जिल्ला बिकास समिति) समिती सिराहा लगायतका निकायहरु भू माफिया देखि त्रसित भई बन्द कोठाबाट परिस्थितिलाई नियालिरहेका छन ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤