Siraha Times
ताजा समाचार

पश्चिम नवलपरासीका विभिन्न सामानहरुले तस्करी माैलाइदै

  • जेठ २४, २०८०
  • ८७४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नवलपरासी / जेठ २४ । गहुँ भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँले उचित मूल्य पाएका छैनन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा छन् । पश्चिम नवलपरासी प्रहरीले पछिल्लो समयमा भारतबाट अबैधरुपमा भन्सार छली नेपाल ल्याएको विभिन्न सामान दैनिकरुपमा बरामद गर्दा पनि तस्करी भने उत्तिकै भइरहेको तस्वीरहरु देख्न सकिन्छ । नवलपरासी तस्करीमा संलग्न समूहका लागि सहज बनेको छ । जिल्लाका सीमावर्ती क्षेत्रबाट अवैधरुपमा ओसारपसार थामिएको छैन । आसपासका जिल्लामा कडाई भए पनि पश्चिम नवलपरासीका सिमाक्षेत्रबाट तस्करी मौलाइरहेको छ ।

जिल्लाका सीमा क्षेत्र बसहिया, भुजहवा, हर्कपुर,गेरमि, गोपलपुर ,गणेशपुर, सीमा नाका हरुबाट मटर,गहुँ, मोटरपार्ट्स,विद्युतीय सामग्री, कपडा,राँगा,बोका भन्सार छलेर नेपाल भित्रिने गरेको पाइएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार नाकासित जोडिएका ग्रामीण सडक हुँदै तस्करी हुने गरेको छ । कतिपय स्थानमा सुरक्षाकर्मीकै अगाडि सामान ओसारपसार हुने गरेको छ । खुलेयाम तस्करीप्रति सरोकारवाला मौन बसेको स्थानीयले बताएका छन् । जिल्लामा पछिल्लो समय संगठित रुपमा नै अवैध रुपमा चोरी पैठारी भएको जनगुनासो बढेको छ । सीमानाकामा हुने चोरी पैठारी रोक्न नसकेको र राजस्व संकलनमा कमी आएको छ।

सामान ओसारपसार र भन्सार छलीमा पोके व्यापारी (घर र पसलसम्म भन्सार छलीका सामान पुर्याउने)ले भारतबाट थोरैथोरै मात्रामा सामान नेपाल ल्याउने र भण्डारण गरेर जिल्लाका मुख्य बजारदेखि बर्दघाट,नारायणघाट सम्म पुर्याउने गरेको खुलेको छ । ‘खुलेयाम तस्करी भइरहेको छ । मुख्यनाकामा मात्र सुरक्षाकर्मी बस्ने अनि भित्री सडकबाट सामान ओसारपसार गरेको देखेको नदेख्ने गर्ने परिपाटी बढ्यो,’ भुजहवाका एक स्थानीयले भने,‘भन्सार छली गरेर धेरै मुनाफा कमाउने नाममा सानादेखि ठूला व्यवसायीले पनि भन्सार छलीका सामान लिने गरेका छन् ।

लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक सामान र बैसी, खसी ,बोका,राँगा पनि तस्करी हुने गरेको छ । यसबाहेक खुला सिमानाका कारण भारतबाट पिकअप मा गहुँ र मटर लोड गरे भित्रिने गर्छ । त्यस्तै नेपाल तरफ बाट कवाड र जडिबुटीहरु जाने गरेको छ । तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको गहुँ, तरकारीले उचित मूल्य पाएका छैनन् । जसको कारण निम्न वर्गका मानिस बढी मारमा छन् । विभिन्न नाकाबाट मोटरसाइकल र साना सवारीमा रातारात गहुँ नेपाल भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१