ताजा समाचार

सिराहाको मावि पर्सा पोखर्भिण्डाका प्रधानध्यापक साह विरुद्ध अख्तियारमा उजुरीको तयारी

  • जेठ २४, २०८०
  • २१६१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विसुनदेव सरदार, लहान / २४ जेठ । सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडानम्बर २ स्थित श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय पर्सा पोखर्भिण्डा प्राविधिकधारका प्रधानध्यापक पशुपति साह विरुद्ध अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारीमा रहेको छ । स्थानीय अभिभावकहरुका अनुसार विद्यालयमा बढ्दो बेतिथि, गुणस्तरहीन काम, घुसखोर प्रधानध्यापकलाई रोक्ने अन्तिम उपाय अख्तियारमा उजुरी अतिआवश्यक रहेको स्थानीय युवा नेता चन्द्रशेखर यादव बताउँछन् । प्रधानध्यापक पशुपति साहले पटकपटक विद्यालयको विभिन्न कामकाजमा मनमानी तरिकाबाट आफ्नो शिक्षकबाट विभिन्न निर्माण कार्यहरुमा स्टीमेट र मुल्यांकन गराई लाखौं लाख रकम झ्वाम्म गरि भ्रष्टाचार गरेको आरोप छ ।

Open photo

यो सँगै युवा नेता तथा समाजसेवी चन्द्रशेखर यादवका अनुसार - प्रधानध्यापक साहको लापरबाहीले गर्दा अहिलेसम्म विद्यालय व्यवस्थापन समिति समेत गठन हुन सकेको छैन । विद्यालयले पत्र काटेपछि दोस्रोपटक स्थानीयहरुको भेला भयो । तर, प्र.अ. साहले पछिल्लो हरहिसाब नदिँदा अभिभावक भेला त्यसै व्यर्थ हुदै आइरहेको छ । समग्रमा भन्दा जनता डो. चौ. माविका प्रधानध्यापकले व्यापक रुपमा मनोमानी गर्दै आइरहेको स्थानीयहरुको आरोप छ :-

(१.) आफ्नै शिक्षकबाट स्टीमेट र मुल्यांकन ।

(२.) विद्यार्थीहरुबाट मनपरि शुल्क उठाउदै ११ हजारदेखि १५ हजारसम्म।

(३.) प्रमाणपत्र बापत २ हजारबढी उठाउने ।

(४.) विभिन्न समयमा मनपर्दी तरिकाबाट भ्रमण खर्च लेखेको आयव्यय विवरण सार्वजनिक लेखा परिक्षण अध्यक्षको बिना दस्खत ( हस्ताक्षर ) प्रस्तुत गर्न खोज्दा अभिभावक भेला दोस्रोपटक स्थगित ।

(५.) विद्यालयमा साइकल स्टेण्डको नाममा करिब ३ लाख ५० हजार पहिला नै खर्च देखाइयो । तर, हालसम्म साइकल स्टेण्ड बनेको छैन ।

(६.) त्यसतै अभिभावक ज्ञानेन्द्र राय भन्नुहुन्छ " मैले प्रत्येकवर्ष प्राविधिकमा छोरालाई पढाउने बापत १८ हजार वर्षेनी तिरदै आइरहेको छु । कुन शिर्षकमा कतिकति बिल लिनुभयो बिल माँग गर्दा आजभोलि गर्ने गरेको गुनासो छ ।

यी र यस्ता व्यवहारमा लीन प्र.अ. पशुपति साहको सम्पत्ति समेत छानबिन हुनुपर्ने आवाज उठेको छ । वहाँहरुका अनुसार हामी अख्तियारमा उजुरी हाल्छौं भन्नुभयो । यता , यसै विषयमा कुराकानी गर्न जनता डोमी चौधरी माविका प्रधानध्यापक पशुपति साहलाई मो.९८५२८३२४२५ पटकपटक फोन गर्दा, फोन उठाउनु भएनन् ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤