ताजा समाचार

प्रतापपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला

  • जेठ २३, २०८०
  • ९९६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सुरेश यादव,नवलपरासी/जेठ २३ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ८ मर्चहवामा एकै घरका श्रीमान श्रीमतीकाे मृत अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आज जेठ २३ गते बिहान करिव ०७:२० बजे नवलपरासी जिल्लाकाे प्रतापपुर गाउँपालिका वडा नं ८ बैरिहवा घर भई हाल घर देखी करिव ३/४ पुर्व तर्फ रहेको हाल प्रतापपुर -८ मजुवा मर्चहवा भन्ने ठाँउमा बिगत ५/१० बर्ष देखि गाई भैसी पालेर गरेर बसोबास गर्दै आईरहेको करिव वर्ष ५० को तिलकराज भेडियार र निजकै श्रीमती अन्दाजी वर्ष ५० कि निर्मला भेडियार दुवै जनाको गोठको अगाडी पट्टी लगभग १५/२० मिटर दुरीको फरकमा दुबै जना मृत अवस्थामा रहेको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरिक्षक श्यामप्रकाश यादवले जानकारी दिनुभयो ।

घटना स्थलमा जानकारी प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्रहरी सहायक निरिक्षक दिनेश कुमार यादवको कमाण्डमा र ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक श्यामप्रकाश यादवको कमाणडमा १२ जनाको टोली र जिल्ला प्रहरी कार्यालयकाे टोली समेत खटिई दुबै जनाको लाश घट्नास्थलमै रहेको, घटना हुनुको कारण नखुलेको, घटनास्थल सुरक्षित राखिएको, थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक भाेजराज पाण्डेले बताउनुभयाे ।

थप अनुसन्धानको लागि तालुक जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एवम् प्रहरी उपरीक्षक बिनोद सिलवाल र सुचना अधिकारी समेतको टोली खटिगई थप अनुसन्धान भैरहेकाे साथै घटनास्थलमा कुकुर सहितको प्रहरी परिचालन गरी अनुसन्धान भइरहेको र घटनाको कारण नखुलेको लास धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा रहेको सुचना अधिकारी पाण्डेले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सखुवानन्कारकट्टीमा प ...

रहमुल, लहान २७ असोज । ‘सशक्त, समृद्ध, सम्मानित किसान, सबल महासंघ’ भन्ने मूल नाराका साथ र ...

कटहरिया–गरुडा सडक जी ...

रामअधार यादव, राैतहट,२७ असाेज । रौतहटको कटहरियादेखि गरुडा झाँझपुल तर्फ जाने सडकखण्डअन्तर्गत बलुवा गा ...

गोलबजारमा मुक्ति नेप ...

रहमुल, लहान, २७ असोज। सिरहाको गोलबजारस्थित उद्योग वाणिज्य संघको सभा हलमा मुक्ति नेपालको १६औँ वार्षिक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤