Siraha Times
ताजा समाचार

नगरमा बौद्धिकता कायम गर्दै शिक्षा शाखामा पुगे अमित ठकुरी

  • जेठ २३, २०८०
  • ६८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

हेम प्रसाद पासमन जेठ २३ । वर्तमान असहज वातावरणमा बालबालिका हरुमा प्रचण्ड गर्मीको कारण परेको प्रभावले गर्दा धमाधम विद्यालयको पठन पाठन बन्द भइरहेको अवस्थामा नगर शिक्षा समितिद्वारा असहज वातावरणमा लिइएको निर्णयको विरुद्धमा आमरण अनशनमा बसेका बिनोद मण्डलको मागलाई मध्यनजर राख्दै आमरण अनसन स्थलमा पुगेर नगरका तर्फबाट धनगढीमाई १४ का वाडा अध्यक्ष अमित ठकुरी ज्यूले अनसन तोडाउनु भएको छ । भौगोलिक रूपमा विकट मानिएको १४ नंबर वडाका विद्यालयहरूमा बालबालिकाहरुलाई आवत जावतमा कठिनाई उत्पन्न भएपछि नगरद्वारा जारी सूचना वाडा नंबर १४ का विद्यालयहरुको हितमा नहुने देखिएपछि मण्डलले करिब १२ घण्टा आगाडी नगरलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएपछि उनले आज बिहान ८ बजेदेखि शिक्षा शाखाको मुख्य गेटमा आमरण अनसन शुरू गरेका थिए ।

अनसन बसेको करीब १ घण्टा १३ मिनेटमा शिक्षा शाखाको तर्फबाट प्रदीप शाहले सकारात्मक प्रतिक्रिया दिनु भएको थियो । अनसनमा बसेका मण्डलको स्वास्थ्य स्थितिमा करिब १ बजेको समयमा समस्या देखिए पछि तत्काल गंभीर वनेका शिक्षा शाखाले वाडा अध्यक्ष अमित ठकुरी ज्यूलाई टेलिफोन सम्पर्ग गरी तत्काल शिक्षा शाखा धनगढीमाई आउन आग्रह गर्नु भएको थियो । नगरको बौद्धिक वाडा अध्यक्षको रूपमा परिचित अमित ठकुरी ज्यूको आगवन पछि तत्काल मागको सम्बोधन शिक्षा शाखाको तर्फबाट प्रदीप शाहले गर्नु भएको थियो । नगरको गरिमा लाई ख्याल गर्दै वाडा अध्यक्ष अमित ठकुरी ज्यूले फ्रूटी, पानी खुवाएर अनसन तोडाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

अस्पताल व्यवस्थापन स ...

रहमुल,लहान, २८ जेठ । मधेश प्रदेश अन्तर्गतका अस्पतालहरूको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र न ...

नवराजपुरका भूमिहीन द ...

जेठ २७ । भूमिहीन दलित परिवारलाई लिजमा लिइएको जग्गामा खेतीपाती गर्न हाते ट्याक्टर उपलब्ध गराइएको छ। प ...

गोलबजारमा किशोरी सञ् ...

सिरहाटाइम्स जेठ २७ । गोलबजार नगरपालिकामा बालविवाह रोकथाम, किशोरीको शिक्षा, सुरक्षा, स्वास्थ्य र सशक् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१