Siraha Times
ताजा समाचार

धर्नामा बसेका पत्रकार विनोद मण्डलको स्वास्थ्य स्थिति गम्भीर हुँदै

  • जेठ २२, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहाटाइम्स लहान जेष्ठ २२ । सिराहाको धनगढीमाई ९ स्थित आज बिहान करिब ८ बजेबाट आमरण अनशनमा बसेका पत्रकार बिनोद मंडलको स्वास्थ्य स्थिति कम्जोर गम्भीर हुँदै गई रहेको अवस्था छ । शिक्षा शाखा जबाफदेही बोक्दै आएका प्रदीप शाह ज्यूले तपाइँको यो कार्यक्रमलाई सकारात्मक रूपमा लिएको तर यसमा मेरो कुनै हात नरहेको बताउनु भएको छ । आमरनरत मण्डल यतिबेला शिक्षा शाखाको मुख्य गेटमा धर्ना बसिरहेको अवस्था रहेको जानकारी भने माग पुरा नभएसम्म आफू लगातार बस्ने बताउनु भएको छ । आमरण अनसनकाे बारेमा जिल्लाका प्रशासनिक निकायमा खवर पुगिसकेको बुझिएको छ । उनलाई भेटघाटको लागि आम मानिसको आउनेक्रम जारी रहेको छ ।

प्रस्तुत सन्दर्भमा हाल मौषममा आएको अकस्मात परिवर्तनको कारण आम जनजीवन प्रभावित भएको अवस्थामा देशका अत्यधिक गर्मी ठाउँहरूमा बिद्यालयहरूको पठन पाठनमा प्रत्यक्ष प्रभावको कारणले विद्यालयका पठन पाठन तत्काललाई बन्द गरिएको अवस्था रहेको विदित गराउन चाहन्छु ।

सिरहाको धनगढीमाई नगरपालिकाको शिक्षा शाखाद्वारा निकालिएको सूचना बमोजिम बिहान ६ बजेदेखि ९.३० सम्मकाे पठन पाठन गराउने निर्णयको विरुद्धमा आफू मिति २०८०/२/२२ बिहान ८ बजेदेखि शिक्षा शाखाको अगाडी आमरण अनसनमा बस्न तयारी भएको जानकारी सहित सबैमा सहयोगको लागि अपिल गर्दछु । मागहरु

१ निर्णय तत्काल फिर्ता लिनुपर्ने

२ शैक्षिक दलालहरुको पहिचान गर्नु पर्ने ।

३ नयाँ वर्षको क्यालेण्डरमा भएको कमजोरी सच्याउनु पर्ने

४ पटक पटक एउटै व्यक्तिलाई क्यालेण्डर कमिटीमा राखेर छपिएको क्यालेण्डरबाट पहिचान गरी हटाउनु पर्ने ।

प्रतिक्रिया दिनुहोस

कृष्णनगरको भन्सार ना ...

कपीलवस्तु, बैशाख ६ । कपिलवस्तु जिल्लाको कृष्णानगर भन्सार नाकामा चेकजाचमा कड़ाई गरिएको छ । सरकारले भन ...

वीरगन्जको मेनरोड विस ...

विनोद अविरल, ​ वैशाख ६ मधेश प्रदेश । ​वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको प्रक्रिया अगाडि बढेको छ ...

सिरहामा “सबल बालिका ...

ओम प्रकाश यादव लहान बैशाख ६ । सिरहा जिल्लाको अर्नमा गाउँपालिका–५ मा सञ्चालन भइरहेको “सबल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१