लहानमा हत्या अपराधीक घटना दिनानुदिन बढदै प्रहरीको सुरक्षा फितलो

  • जेठ २१, २०८०
  • १२३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान २१ जेष्ठ- सिरहाको लहान नगर पालिका लगायत मधेस प्रदेशमा डकैती र हत्या हिंसाको घटना दिनानुदिन बढदै गएको छ्। पछिल्लो समय डकैती र हत्या, बलतकृतको घटनालाई लिएर समग्र सिरहा र लहान बदनाम हुँदै आएका छन्। लहान नगर नगरपालिका वडा नम्बर ९ खुट्टी खोला पारी जेष्ठ ५ गते राती स्थानीय राजेश्वर महतोको घरमा अपरिचित बन्दुक धारी डकैतहरुले बन्दुक देखाए कुटपिट र सुन,चाँन्दीको गर घहना र नगद समेत लूटपाट गरेका छन्। जेष्ठ ५ गते आइतबार बटसावित्री पर्वका दिन महिलाहरुलाई निहत्था गरी सुन चान्दी समेत लूटपाट गरी मर्नासन गरी समेत कुटपिट गरेका छन्।

Open photo

डकैतीमा सिरहा लहान प्रहरीको समेत मिलोमतोमा डकैती भएको पीडित परिवारले आरोप लगाएका छन्। ५ गते राती करिब १ बजे राती भएको घटनामा घटना स्थलबाटै प्रहरी जानकारी गराए पनि लहान प्रहरीले समयमा नआई दिएको र आलटाल गरी डकैती सम्पन्न भएको पछी प्रहरी आएको पीडित परिवारको आरोप रहेका छन्।

Open photo

घटना भएको करिब १५ दिन बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको र प्रहरीको अनुसन्धान फितलो देखिएका छन्।घरबेटी राजेश्वर महतोलाई डकैतहरुले मर्नासन गरी कुटपिट गरेका छन। घटनामा सम्पुर्ण परिवारका सदस्यलाई कुटपिट गरेका छन् भने नगर ४५" हजार नगद सहित सुन चाँन्दीको गरगहना लत्ताकपडा गरी जम्मा ४ लाख बराबरको धनमाल लूटपाट गरेका परिवारजन देखेशो सुनाएका छन्। नाउँ खुलाउनमा न आएको र अपराधीहरुलाई लहान राजनीतिदलका ब्यक्तीहरुले नै संरक्षण दिने गरेको खुलनमा आएका छन्।

Open photo

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेज प् ...

वीरगंज ११ मंसिर । वीरगञ्जमा रहेकोे नेशनल मेडिकल कलेज आर्थिक वर्ष २०८१/०८२ मा मधेस प्रदेश मै उत्कृष्ट ...

बलान विहुलमा पूर्व अ ...

रहमुल लहान मंसिर ११ । बलान विहुल गाउँपालिका १ मलहनियामा समुदाय विकासका अग्रणी, तत्कालीन गाउँ विकास स ...

लैङ्गिक हिंसा विरूद् ...

अजय मिश्र, कृष्णनगर, मंसिर १० । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१